पार्टी भित्रको दरार नमिलाई सुख छैन : अध्यक्षद्वय

वीरगन्ज ।  नेपाली कांग्रेस भित्रको आपसी दरार नमिलाई सुख नहुने कांग्रेसको भातृसंगठन नेपाल तरुण दल तथा नेपाल विद्यार्थी संघ ( नेविसंघ ) का केन्द्रिय अध्यक्षद्वय जितजंग बस्नेत र राजु ढुंगानाले बताएका छन् । विहेको कार्यक्रममा सोमबार वीरगन्ज आइपुगेका अध्यक्षद्वय बस्नेत र ढुुंगानाले मंगलबार पर्साका संचारकर्मी सामु यस्तो बताएका हुन् ।उनीहरुले वीरगन्जको नगर सभागृहको खुल्ला ठाउँमा नै आयोजित पत्रकार सम्मेलन मार्फत आफ्ना कुरा राखे ।

तीनदिन अगाडी कांग्रेस पार्टीकै बरिष्ठ नेता रामचन्द्र पौडेल सहित उनको समूहका नेताहरुले प्रदेशस्तरीय भेला पनि सोही नगर सभागृहको हलमा गरेका थिए । सो कार्यक्रमलाई पनि ईंगित गर्दै अध्यक्ष बस्नेत र ढुँगानाले पार्टीको बरिष्ठ नेताहरुले गरेको भेलालाई प्रदेशकै भेला ठानौं । अन्यथा नठानौं भन्दै मिलेर जानको विकल्प नभएको दावी पनि गरे ।

अध्यक्षद्वय बस्नेत र ढुंगानाले वर्तमान सरकारले गरेका गलत कामको विरोध गर्दै दुवै संगठन आन्दोलनमा उत्रिएको बताए । नेकपाका महासचिव विष्णु पौडेल र अर्का एक न्यायधिशले ललिता निवासको जग्गा फिर्ता गर्ने कुरालाई गल्ती गरेर फिर्ता गर्दा कार्वाही नहुने हो भने प्रचण्डलाई जुत्ता फिर्ता गर्छु भनी जुत्ता हान्नेलाई कार्वाही किन गर्ने ? भनी प्रश्न गरे ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर्न, पुस्तक आयातमा लगाईएको कर खारेज गर्न, ललिता निवास प्रकरण जस्ता प्रकरणमा आफ्नालाई बचाउने र अरुलाई फसाउने नेपाल सरकारको असमान कदम सच्याउन तथा स्ववियु निर्वाचन सहित ४ वटा मुद्दा लिएर भातृ संगठनहरु आन्दोलनमा उत्रिएको उनीहरुको भनाइ छ ।

माउँपार्टी भित्रको दरार नमिलाई आन्दोलन सफल होता त ? भन्ने संचारकर्मीको जिज्ञासामा उनीहरुले आफ्नो ठाउँबाट अगुवा नेताहरुलाई मिलाउन पनि पहल गर्ने भन्न भ्याए । ‘नेपाली कांग्रेस पार्टीको अन्तिम लडाई कम्यूनिष्टहरुसँग नै भएकोले पार्टी भित्रको दरार मिलाउनुको विकल्प छैनÕ उनीहरुले भने । कांग्रेस एकजुट नहुने हो भने कम्युनिष्टहरुले मुलुक खान्छन् । देशमा सर्वसत्तावाद लाद्छन् । कि त चुप लागेर सहेर बस्न प¥यो । नत्र मिलेर जान प¥यो । यो नै कांग्रेसका लागि अन्तिम विकल्प हो अध्यक्षद्वयले भने ।

मुलुकमा भ्रष्टाचारले जरा गाढेको, संसदीय व्यवस्था र संविधान नै कमजोर बनाइरहेको समयमा संविधान निर्माणकर्ता र संसदीय व्यवस्थाको पक्षधर कांग्रेसको सदन भित्र र बाहिर प्रस्तुति पनि शसक्त हुनुपर्ने उनीहरुको तर्क छ । तर हिजो माओवादीले कुर्सी तोडे जस्तो, एमालेले ५७ दिन सदन अवरुद्ध पारे जस्तो सशक्त भने हामीले खोजेको होइन उनीहरुले बताए ।

The post पार्टी भित्रको दरार नमिलाई सुख छैन : अध्यक्षद्वय appeared first on Rajdhani Daily News.

साउदीले उडान रोकेपछि भारतीय कामदार काठमाडौंबाट साउदी उड्दै

Previous articleदेश विकासको लागि सबै राजनीतिक दलहरु एकजुट हुनुपर्छ : नेता नेपाल
Next articleकोरोना परिक्षण गर्न अस्पताल भर्ना भएका घर फर्किए
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।