दुई दिनदेखी हराएकी महिला मृत फेला

हात्तीले कुल्चेर मारेको खुलासा, पाँच दिनमा दुईको ज्यान गयो

राजविराज । गाई, बाख्रा चराउन घरबाट निस्केकी एक महिला मृत अवस्थामा फेला परेकी छिन् । दुई दिनअघि घर नजिकैको जंगलमा गाई, बस्तु चराउन घरबाट निस्केकी सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका १ भवानीपुरकी ५५ वर्षिया मजादेवी सरदारको मृत शरीर मंगलबार बिहान फेला परेको हो ।

आइतबार गाई, बस्तु चराउन निस्केकी उनी अबेर रातीसम्म घर नफर्केपछि चिन्तित बनेका आफन्तले प्रहरीलाई खबर गरेका थिए । खोजतलासकै क्रममा घर नजिकैको जंगलमा मंगलबार बिहान १० बजेतिर उनको मृत शरीर फेला परेको प्रहरीले जनाएको छ । डिएसी तिलक भारतीले जंगली हात्तीको आक्रमणबाट सरदारको मृत्यु भएको अनुसन्धानको क्रममा खुलेको बताए ।

चार दिन अघि जंगली हात्तीकै आक्रमणबाट सप्तरीको कंचनरुप नगरपालिका ५ निवासी ४१ वर्षिया चन्द्रिकादेवी मुखियाको मृत्यु भएको थियो । कोशी टप्पु बन्यजन्तु क्षेत्रबाट आउने जंगली हात्तीले उत्पात मचाउन र ज्यानै लिन थालेपछि स्थानीयले अविलम्ब हात्ती नियन्त्रणका लागि ठोस कदम चाल्न माँग गरेका छन् ।

The post दुई दिनदेखी हराएकी महिला मृत फेला appeared first on Rajdhani Daily News.

साउदीको अस्पातालले २ करोड ५० लाख छुट दिएपछि मुस्कुराउँदै नेपाल फर्किए वेद बहादुर

Previous articleजुडो प्रतियोगिता सम्पन्न
Next articleजमघट हुने कार्यक्रम गर्न प्रतिवन्ध
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।