पाकिस्तानी समकक्षी इमरान खानद्वारा प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना

प्रधानमन्त्री केपी शर्मा ओलीलाई विभिन्न देशका प्रधानमन्त्रीले स्वास्थ्य लाभको कामना गर्ने क्रम जारी रहेको छ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बुधबार एक सन्देश पठाई प्रधानमन्त्री उहाँको स्वास्थ्य लाभको कामना गर्नुभएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिए।

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गर्ने भएपछि विभिन्न देशका राष्ट्रप्रमुखले स्वास्थ्य लाभको कामना गर्दै सन्देश पठाइरहेका छन्।

यसअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, भूटानका प्रधानमन्त्री डा लोट्टी छिरिङ र नेपालका लागि जापानी राजदूत मासामिची साइगोले पनि प्रधानमन्त्री ओलीको सफल मिर्गौला प्रत्यारोपणसहित शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए। प्रधानमन्त्री ओलीको बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण भइरहेको छ। रासस

साउदीको जेद्दामा १९८ जनाको पासपोर्ट बनेर आईपुग्यो, तुरुन्त सम्पर्क गर्नुहोला

Previous articleअमेरिकामा बिनाशकारी तूफान, २५ जनाको मृत्यु, ठूलो जनधनको क्षति
Next article४ करोड २७ लाखको सुनसहित एक पक्राउ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।