साउदीको जेद्दामा १९८ जनाको पासपोर्ट बनेर आईपुग्यो, तुरुन्त सम्पर्क गर्नुहोला

साउदीको जेद्दामा १९८ जनाको पासपोर्ट बनेर आईपुग्यो, तुरुन्त सम्पर्क गर्नुहोला

उज्यालो नेपाल, १० मे – रोजगारीको लागी विदेश गएका धेरै नेपालीको राहदानीको म्याद विदेशमै सकिने गरेको छ! अध्ययन, रोजगारी वा व्यापार-व्यवसाय गर्न विदेश गएका नेपालीलाई राहदानीको म्याद सक्किएको खण्डमा विदेशमा नै रहेको नेपाली दुताबास वा नियोगहरु बाट राहदानी नविकरण गर्ने सबिधा छ!

साउदीको रियादमा रहेको नेपाली दुताबास र जेद्दामा रहेको महावाणिज्य दुताबासले साउदीमा रहेका नेपालीको राहदानी नविकरणको काम गर्दै आएका छन्! नेपाली नागरिकको सुबिधाको लागी कोरोना महा’मारीको अवस्थामा पनि दुवै दुताबासले साउदीका विभिन्न ठाउँमा घुम्ती शिविर संचालन गरि राहादानी नविकरणको लागी आवेदन संकलन गरेको थियो !

अहिले तिनै आवेदन दिने व्यक्तिहरुको राहदानी नविकरण भएर आउने क्रम जारी छ! आज १० मे पनि १९८ जना नेपालीहरुको राहदानी बनेर आईपुगेको छ! तपाई साउदीमा हुनुहुन्छ र यो सुचना हेर्दै हुनुहुन्छ भने सबैको जानकारीको लागी यो समाचार शे’यर गरिदिनुहोला ! तपाईको पासपोर्ट आयो नि आएन?? तुरुन्त हेर्नुहोला! दुतावासको सुचना यस्तो छ!

सूचना !

यस कन्सुलेट जनरल, जेद्दामा राहदानीको लागि आवेदन दिनुभएका आवेदकहरुमध्ये संलग्न सूची बमोजिमका ब्यक्तिहरुको राहदानी तयार भई आएकाले यस कन्सुलेट जनरलमा आई आफ्नो राहदानी लिनुहुन अनुरोध छ। राहदानी लिन आउँदा आफ्नो पुरानो राहदानी र राजश्व बुझाएको रसिद (नवीकरण गरेकाको लागि) र राजश्व बुझाएको रसिद (हराएको र नयाँको लागि) साथमा अनिवार्य ल्याउनहुन सूचित गरिन्छ। नेपाली कन्सुलेट जनरल, जेद्दा २०७८ बैशाख २७

सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ

Previous articleउडान ठप्प हुँदा भिसा लिएर उडन ठिक्क परेका थुप्रै श्रमिक मारमा, देश फर्कने दिन कुर्नेको झन् बिचल्ली
Next articleअक्सिजन सिलिण्डर लिन वाइड बडी जहाज आज बेइजिङ उड्दै
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।