पोखरामा कुनै पनि सार्वजनिक भेला र समारोह नगर्न कास्की प्रशासनको आग्रह

कोरोनाको संत्रासबीच कास्की प्रशासनले सार्वजनिक स्थलमा मेला, भेला, भेटघाट र समारोहहरु नगर्न आग्रह गरेको छ।

जिल्ला प्रशासन कार्यालय कास्कीकातर्फबाट सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलबाट जारी भएको सार्वजनिक सूचनामा धेरै भिडभाड तथा जनसमुदाय भेला हुने सार्वजनिक कार्यक्रम नगर्न आग्रह गरेको हो।

जिल्ला प्रशासनको यो सूचनासँगै पोखरामा बिहीबारदेखि आयोजना हुने भनिएको १८ औँ संस्करणको आहा रारा गोल्डकप अनिश्चित बनेको छ। यद्यपी,आयोजक सहारा क्लबले प्रतियोगिता स्थगन गरिसकेको छैन।यतिबेला सहारा क्लबको बैठक चलिरहेको छ।

प्रशासनको सूचनामा नेपालमा कोरोना संक्रमण नभए पनि पर्यटकीय सहर पोखरामा सतर्कता अपनाउन र सरसफाईमा ध्यान दिन पनि आग्रह गरिएको छ। कोरोना संत्रासकै कारण पोखराको पर्यटन व्यसाय धरासायी बनिरहेको छ।

 

एकाबिहानै पटक-पटक भूकम्प, ५ घाईते, १० घर भत्किए, दोश्रो पनि ५.३ रेक्टरको

Previous articleग्याल्पो ल्होसार : नयाँ वर्ष मनाउन उर्लिए शेर्पा समुदाय (फोटोफिचर)
Next articleभारतमा कोरोना संक्रमितको संख्या २८ पुग्यो, इटालीका १६ पर्यटकमा कोरोनाको पुष्टि
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।