दिल्ली हिंसामा घर जलाइएपछि दुखित् छन् सीमा सुरक्षा बलका यी जवान

गत हप्ताको सोमबारदेखि शुक्रबारसम्म हिंस्रक झडपहरु भए। नागरिकता कानूनको विवादले साम्प्रदायिक द्वन्द्वको रुप लियो।

मुस्लिम समुदायले सरकारविरुद्ध प्रदर्शन थालेका थिए। अन्ततः हिन्दु र मुस्लिम समुदाय नै भिड्न थाले।

यसबीचमा मुस्लिमले हिन्दुको घर जलाए, हिन्दुले मुस्लिमको घर जलाए।

मोहम्मद अनिस मुस्लिम समुदायका हुन्। उनी भारतको सिमाना रक्षाका लागि खटिएका सीमा सुरक्षा बलका जवान हुन्।

जब आफ्नो घर हिन्दुको भीडले जलाएको थाहा पाए उनी निराश बने। २५ फेब्रुअरी मंगलबारको दिन उनको घर जलाइएको थियो।

Image result for delhi protest

मोहम्मद आफू यस घटनाले दखित् भएको बताउँछन्। आफू देशको सुरक्षाको लागि खटिरहँदा आफ्नै देशका नागरिकले घर जलाउँदा साह्रै चित्त दुखेको उनी बताउँछन्।

यतिबेला फेरि उनी घर बनाउन लागि परेका छन्। सीमा सुरक्षा बलका जवानहरुले उनको घर निर्माणका लागि पैसा उठाइरहेका छन्।

ओडिसाका मुख्यमन्त्री नविन पटनायकका अनुसार मोहम्मद आतंकवादीबाट प्रभावित मालकानगिरीमा बीएसएफको नवौं बटालियनमा तैनाथ छन्। ओडिसा सरकारले पनि उनलाई १० लाख घर बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

दिल्ली हिंसा

मोहम्मद हाल भारतमा जारी नागरिकता कानूनको विवाद छलफलबाट कसैलाई मार पर्ने नगरी सुल्झाउनु पर्ने धारणा राख्छन्।

मोदी सरकारले सन् २०१९ को डिसेम्बर ११ मा विवादास्पद नयाँ नागरिकता कानून राज्यसभाबाट पारित गराएसँगै यसको पक्ष र विपक्षमा भारतीय जनमत बाँडिएको छ। नयाँ नागरिकता कानुनले खासगरी भारतीय मुस्लिम समुदायलाई चिढ्याएको छ।

उक्त कानुन मुसलमान विरोधी भएको भनेर त्यहाँ प्रदर्शन भइरहेको हो। छिमेकी मूलुकका गैरमुस्लिम नागरिकलाई मात्र नागरिकता दिने भनेर नयाँ कानूनले बताएपछि हिंसा जारी छ। एजेन्सी

 यो पनि।

दिल्ली हिंसाः बच्चाको लागि दूध लिन गएका इरफान लास बनेर फर्किए

उडान बन्दले जताततै समस्याको चाङ, खाडी बाट एकलाख १७ हजार कामदारको माग

Previous articleरश्मि देसाईको अनुभव : १६ वर्षमा नशालु पदार्थ खुवाएर फाइदा लिन खोजे
Next articleकोरोनाको त्रासपछि भारतीय प्रधानमन्त्री मोदी होलीको कुनै कार्यक्रममा सहभागी नहुने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।