पीयू नर्सान दुई पार्टीको आग्रह

रंगेली, २१ फागुन । नेपाली काँग्रेस र समाजवादी पार्टीका महानगर कमिटीले पूर्वाञ्चल विश्व विद्यालयको केन्द्रीय कार्यालय विराटनगरमा नै राख्न माग गरेका छन् ।

विराटनगरमा बुधबार पत्रकार सम्मेलन गर्दै उनीहरूले विश्व विद्यालयको ऐनविपरीत केन्द्रीय कार्यालय सार्न लागेको बताएका हुन् ।

आफ्नै भौतिक संरचनामा रहेको विश्वविद्यालयको केन्द्रीय कार्यालय सारे आन्दोलनमा जाने समाजवादी पार्टी विराटनगर महानगर कमिटीका कार्यवाहक सभापति मोहमद नसरुलले बताए ।

दुवै सहरलाई समानान्तर रूपमा अगाडि बढाउनुको साटो विराटनगरलाई सुकाउने षडयन्त्रपूर्वक केन्द्रीय कार्यालय सार्न लागिएको नेपाली कांग्रेसका महानगर कार्यसमिति कार्यवाहक सभापति अरुण न्यौपानेले बताए ।

सरकारले आफ्नो निर्णय नसच्याए सबै सरोकारवाला पक्षसँगै छलफल गरी आन्दोलन अगाडि बढाउने नसरुलले बताए ।

The post पीयू नर्सान दुई पार्टीको आग्रह appeared first on Koshi Online.

साउदी प्रवेश गर्नेलाई नयाँ नियम, अटेर गरे तुरुन्त देश निकाला

Previous articleकोरोनाको त्रासपछि भारतीय प्रधानमन्त्री मोदी होलीको कुनै कार्यक्रममा सहभागी नहुने
Next articleसम्बन्ध विच्छेद, जबरजस्ती करणीलगाएतका अपराध बढ्यो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।