कोरोनाभाइरका कारण इरानमा ९२ र इटालीमा ७९ जनाको ज्यान गयो

कोरोनाको संक्रमणबाट इरान र इटालीमा चीनपछि सबैभन्दा बढी मानिसको ज्यान गएको हो।

हाल इरानमा २३ सय ३६ संक्रमित छन् भने इटालीमा २२ सय ६३ जना संक्रमित छन्।

चीनपछि सबैभन्दा बढी कोरोनाग्रस्त मूलुक दक्षिण कोरिया हो। त्यहाँ कोरोनाबाट संक्रमितको संख्या ५६ सय २१ पुगेको छ। मृतको संख्या ३२ पुगेको छ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार हालसम्म विश्वमा ९३ हजार २३७ कोरोनाबाट संक्रमित भएका छन्।

३२ सय १८ को मृत्यु भइसक्दा उपचारपछि ५० हजार ६९१ स्वस्थ बनेका छन्।

चीनमा मात्र ८० हजार २७० कोरोनाबाट संक्रमित छन् र त्यहाँ २ हजार ९८१ को मृत्यु भइसकेको छ।

कोरोनाभाइरस हाल ८० भन्दा बढी मूलुकमा देखिएको छ। एजेन्सी

साउदीको चिहान बाट झिकेर एक हिन्दु युवाको शव आफ्नै देश ल्याईयो

Previous articleकोरोनाको जोखिम नियन्त्रणका लागि ‘एक्सन टिम’ बनाउन निर्देशन
Next articleकोरोनाको त्रासबीच भारतले औषधि निर्यात सीमित गर्ने, विश्वभर अभाव हुने आशंका
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।