लकडाउन’ उल्लङ्घन गर्नेलाई पदकसहित सम्मान गरिने

0
49

तुलमान गुरूङ
चितवन । केही वर्षअघि चितवनमा सवारी चालकलाई चितवन ट्राफिकले चकलेट पुरस्कार दिएको थियो। ट्राफिक नियम उल्लङ्घन गर्नेलाई कारवाहीस्वरूप चकलेट दिइएको हो। अहिले देश लकडाउनको चौथो चरणमा प्रवेश गर्दैछ। यो क्रममा चितवन जिल्लामा पनि लकडाउन उल्लङ्घन गर्नेलाई चितवन प्रहरीले हरेक दिन कारवाही गर्दै आएको छ।

यही क्रममा चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले लकडाउन उल्लङ्घन गर्नेलाई पदकसहित सम्मान गर्ने घोषणा गरेका छन्। प्रजिअ भट्टराईले प्रहरी र पत्रकारसहितको फेसबुक म्यासेञ्जर समूहमार्फत उक्त सम्मानको घोषणा गरेका हुन्। प्रजिअ भट्टराईले ६ वटा बुँदा उल्लेख गर्दै विभिन्न बहाना बनाएर लकडाउन गर्नेलाई ‘मूर्ख शिरोमणि पदक’सहित सम्मान गर्ने बताएका हुन्।

प्रमुख जिल्ला अधिकारी भट्टराईले लेखेका छन्, ‘लकडाउनको उल्लङ्घन गरी विभिन्न बहाना बनाई कोभिड–१९ को संक्रमण बढाउन सक्रियतापूर्वक भूमिका खेल्नुभएको भनी सम्बन्धित स्थानका स्थानीय तथा प्रत्यक्षदर्शीहरूबाट तथ्य प्रमाणसहित सूचना प्राप्त भएको हुँदा इतिहासले नबिर्सने उक्त मूर्ख कार्यका लागि मूर्ख शिरोमणि पदकसहित सम्मान गर्ने कार्यक्रम तय भएको व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ।’

प्रमुख जिल्ला अधिकारी भट्टराईले पदकसहित गर्ने भनिएको सम्मानको ६ वटा बुँदा यस्तो छ

१. इच्छाकामना ७ उपरदाङगढी र सो वडामा रहेका रिसोर्टमा घुम्न जाने मानिसहरू
२. नारायणी नदी किनारमा मर्निङवाक तथा इभिनिङवाक गर्ने मानिसहरू
३. पुरानो राजमार्ग बेल्सी पुल क्षेत्रमा डुल्न जाने मानिसहरू
४.गोन्द्राङ क्षेत्रमा मर्निङवाक गर्ने मानिसहरू
५. पुरानो औषधिको बट्टा बोकी औषधि किन्न भनी मोटरसाइकल तथा कारमा डुल्ने व्यक्ति
६. एक किलो तरकारी किन्न मोटरसाइकल र कारमा सब्जीमण्डी पुग्ने र त्यत्तिले पनि नपुगेर सारा बजार डुल्ने महानुभावहरू ! चितवन पोष्ट बाट

रत्ननगर ६ को मतगणना सुरु, १०० मतगणना गर्दा यस्तो आयो परिणाम

Previous articleआज वि.सं.२०७७ साल वैसाख ०२ गते मंगलबार, आजको तपाइको दिन कस्तो छ? (रा’शिफल)
Next articleसडकमा पैसा छरेर भाग्ने युवतीहरु मदरसाबाट पक्राउ, नन्द-भाउजु रहेको खुलासा