पुलिस च्याम्पियन

नेपालगन्ज । विभागीय नेपाल पुलिस क्लब दोस्रोपटक प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । बुधबार विभागीय डर्बी भिडन्तमा घरेलु भलिबलमा एकछत्र राज गरिरहेको साविक विजेता नेपाल एपीएफ क्लबलाई ३–० को सोझो सेटमा स्तब्ध पार्दै पुलिस पधानमन्त्री कपमा दोस्रोपटक च्याम्पियन बन्न सफल भएको हो । यसअघि पुलिस पहिलो संस्करणको च्याम्पियन बनेको थियो ।

यस्तै पुलिसले एपीएफसँगको लगातारको हारको शृंखलालाई तोडेको छ । पछिल्लो एक महिनामा यी दुई टोलीले तीनपटक प्रतिस्पर्धा गर्दा सबैमा एपीएफ विजयी भएको थियो । काठमाडौंमा माघमा सम्पन्न ढोरपाटन महिला डबल लिगको दुवै खेलमा एपीएफ विजयी भएको थियो । यस्तै पर्वतमा यसै साता सम्पन्न दिदी बहिनी कपको फाइनलमा पनि एपीएफ नै विजयी भएको थियो । पुलिसले एपीएफकी मुख्य स्पाइकर सरस्वती चौधरी नहुँदाको फाइदा उठाउन सफल भयो । सरस्वती इन्ज्युरीका कारण टोलीमा छैनन् ।

पुलिसको यो सिजनको दोस्रो उपाधि हो । यसअघि पुलिसले भदौमा पोखरा लामाचौरमा सम्पन्न भएको राष्ट्रिय महिला भलिबलका उपाधि जितेको थियो । पुलिससँग पराजित भएसँगै एपीइएफ उपाधि रक्षा तथा सिजनको आठौं उपाधि जित्नबाट वञ्चित रह्यो । यस्तै एपीएफ एक वर्षपछि उपाधि जित्न असमर्थ बन्यो । गतवर्ष एपीएफ आदिअवादी महिला भलिबल लिगमा उपाधिबाट वञ्चित बनेको थियो । त्यतिबेला एपीएफ अमेरिकी खेलाडी सम्मिलित चितवन टाइग्रेससँग पराजित
भएको थियो ।

नेपालगन्जस्थित कभर्ड हलमा बुधबार एपीएफ र पुलिसबीचको खेल प्रतिस्पर्धात्मक हुने अनुमान गरिए पनि पुलिसले एकपक्षीय खेल पस्कँदै एपीएफलाई हार चखायो । पहिलो सेटमा सुरुवातदेखि नै एपीएफविरुद्ध अग्रता लिएको पुलिस २५–१६ ले विजयी हुन सफल भयो । १९–१६ को अवस्थामा पुलिसले लगातार ७ अंक जोड्दै पहिलो सेट आफ्नो पक्षमा पार्न सफल भएको थियो । दोस्रो सेटमा सुरुवातमा पछि परे पनि पुलिसले उत्कृष्ट प्रदर्शन गर्दै खेललाई २५–१७ ले आफ्नो पक्षमा पा¥यो । बराबरीकै अवस्थामा १८–१६ को अवस्थाबाट लगातार ६ अंक जोड्दै पुलिसले दोस्रो सेट आफ्नो पक्षमा पारेको थियो ।

प्रतिस्पर्धात्मक तेस्रो सेटमा पनि पुलिसले पछि परेको अवस्था उल्ट्याउँदै २५–१८ को जित निकाल्दै एपीएफलाई स्तब्ध पा¥यो । १०–१४ ले पछि परेको पुलिसले उत्कृष्ट कम ब्याक गर्दै लगातार १४ अंक जोड्दै खेललाई २४–१४ को अवस्थामा ल्याएको थियो । त्यसपछि एपीएफले थप ४ अंक जोड्दै खेलमा फर्कने प्रयास गरे पनि हार टार्न सकेन ।

उपाधिसँगै पुलिसले २ लाख रुपैयाँ हात पा¥यो । दोस्रो भएको एपीएफलले १ लाख रुपैयाँमा चित्त बुझायो । बुधबारै त्रिभुवन आर्मी क्लबले होङ्ग्वान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान हात पारेको थियो । आर्मीले ५० हजार रुपैयाँ पायो ।

नेपाल पुलिस क्लबकी उषा भण्डारी छैटौं संस्करणको प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भइन् । सर्वाेत्कृष्ट खेलाडी घोषित भएसँगै उषाले १० हजार रुपैयाँ र ट्रफी हात पारिन् ।

व्यक्तिगत विधातर्फ एपीएफकी निरुता ठगुन्ना उत्कृष्ट स्पाइकर चुनिइन् । पुलिसकी मनीषा चौधरी सर्भर र पुलिसकी कमला पुन उत्कृष्ट सेटर चुनिइन् । आर्मीकी संगम महतो उत्कृष्ट ब्लकर घोषित भइन् । होङवान्जी न्यु डायमन्डकी सलिना श्रेष्ठ उत्कृष्ट लिवेरो चुनिदा पुलिसका रुपेश विष्ट उत्कृष्ट प्रशिक्षक चुनिए । उनीहरूले समान ५–५ हजार रुपैयाँ हात पारे । विजयी खेलाडीलाई राखेपका सदस्य सचिव रमेशकुमार सिलवाल, प्रदेशसभा सदस्य कृष्णा केसी (नमुना), नेपालगन्जका मेयर डाक्टर धवल शमशेर राणालगायतले पुरस्कृत गरे ।

The post पुलिस च्याम्पियन appeared first on Rajdhani Daily News.

चितवनमा निजी सवारीमा जोर बिजोर,साताको तीन दिन पसलहरु खोल्न पाइने

Previous articleटीभीएस ईपीएलको मुख्य प्रायोजक
Next articleराप्ती नदीको पानी नेपालगञ्ज लैजाने तयारी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।