मिस वर्ल्ड टोनी–एन सिंह काठमाडौँमा

काठमाडौँ / मिस वर्ल्ड २०१९ विजेता टोनी–एन सिंह नेपाल आइपुग्नु भएको छ । सिंहसँगै मिस वल्र्ड आयोजकका अध्यक्ष जुलिया मार्ले र निर्देशक स्टिभ डग्लस पनि नेपाल आउनुभएको छ । संस्कृति, पर्यटन र उड्यन मन्त्रालयको निमन्त्रणामा सिंह, मार्ले र डग्लस नेपाल आउनुभएको हो । उहाँहरु बिहीबार बिहान त्रिभुवन विमानस्थलमा ओर्लनुभएको हो । उहाँहरुलाई मिस नेपाल २०१९ अनुस्का श्रेष्ठ लगायतले स्वागत गर्नुभयो। पहिलो पटक मिस वर्ल्ड अर्गनाइजेसनका अध्यक्ष तथा मिस वर्ल्ड नेपाल भ्रमणमा आउनु भएको हो ।

नेपाल भ्रमणको क्रममा मिस वर्ल्ड अर्गनाइजेसन समूहले नेपालले मिस वल्र्ड प्रतियोगिता आयोजना गर्ने सम्भावनालाई ध्यान दिने बताइएको छ । टोलीले मिस वर्ल्डमा ‘विउटी विथ पर्पोज’ जितेको भिडियोमा देखाइएको मकवानपुर र सिन्धुपाल्चोक जिल्लासमेत भ्रमण गर्ने मिस नेपाल आयोजक हिडेन ट्रेजरले जनाएको छ । मिस वर्ल्ड अर्गनाइजेसनको टोली सात मार्चमा फर्किने कार्यक्रम रहेको बताइएको छ ।

The post मिस वर्ल्ड टोनी–एन सिंह काठमाडौँमा appeared first on Purbeli News.

श्रीमतीहरु गाउँमा ल’डे, त्यहि सुनेर दुबईमा श्रीमान्-श्रीमान् को फा’ईट

Previous articleमकवानपुरमा जन्ती चढेका बस दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुग्यो
Next articleप्रधानमन्त्रीको रक्तचापसहित सबै सूचकाङ्क राम्रो, केही दिन सीसीयूमै राखेर उपचार गरिने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।