ब्राजिलका चर्चित फुटबल खेलाडी रोनाल्डिनो पक्राउ

ब्राजिलको राष्ट्रिय टोलीका पूर्व फुटबल खेलाडी रोनाल्डिनो पक्राउ परेका छन्। बुधबार राति पाराग्वेको एक रिसोर्टबाट रोनाल्डिनो र उनका भाइ रोबेर्टो पक्राउ परेका हुन्।

नक्कली कागजात बनाई दक्षिण अमेरिका छिरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको पाराग्वेको गृह मन्त्रालयलाई उदृत गर्दै गोल डट कमले जनाएको छ। मिड फिल्डर उनले ब्राजिलका लागि विश्वकप समेत खेलेका छन्।

एक क्यासिनोका मालिक नेल्सन बिलोटीको निमन्त्रणामा रोनाल्डिनो र रोबेर्टो पाराग्वे पुगेका थिए। प्रहरीले होटलबाट रोनाल्डिनो र रोबेर्टोको नाममा पाराग्वेको पासपोर्ट भेटाएको थियो।

रोनाल्डिनोसँग गत २०१८ देखि ब्राजिलको पासपोर्ट छैन। सन् २०१८मा वातावरणीय क्षतिको जरिवाना तिर्न नसक्दा उनको पासपोर्ट जफत गरिएको थियो। सन् २०१५मा लाइसेन्सबिना नै पोखरीमा माछाको जाल बनाएपछि उनलाई ८.५ मिलियन डलर तिर्न लगाइएको थियो।

ब्राजिलको उच्च अदालतले उनलाई देश छाडेर जान निर्देशन दिएको थियो। उनले ब्राजिल नछाडेपछि गतवर्ष उनलाई नयाँ पर्यटन दुतका रुपमा नियुक्त गरिएको थियो।

 

अब एजेन्टलाई कमिसन तिर्न पर्दैन; हिमालय एअरलाइन्सको टिकट अनलाईन मै काट्न सकिने

Previous articleसुुक्खा पहिरोका कारण अवरुद्ध बेनी–जोमसोम सडक तीन दिनपछि खुल्यो
Next articleकोरोना भाइरस : नेपालको विश्वकप फुटबल छनोट खेल सर्नसक्ने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।