कोरोना भाइरस : नेपालको विश्वकप फुटबल छनोट खेल सर्नसक्ने

फिफा विश्वकप छनोट अन्तर्गत नेपालको खेल सर्ने सम्भावना बढेको छ।

विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण देखाउँदै अष्ट्रेलियाले नेपालविरुद्धको खेल सार्न प्रस्ताव गरेसँगै खेल्न सर्ने सम्भावना बढेर गएको हो।

यसबारेमा छलफल भइरहेको फिफा र एफसीबाट निर्देशन आएपछि आफूहरुले सोहीअनुसार गर्ने अखिल नेपाल फुटबल संघ एन्फाका उपाध्यक्ष उपेन्द्रमान सिंहले जानकारी दिए। प्रतियोगिता रोक्नका लागि भने अहिलेसम्म कुनै आधिकारीक जानकारी नआएको उपाध्यक्ष सिंहले बताए।

विश्वकप छनोटअन्तर्गत नेपालले चाइनिज ताइपेईसँग चैत १३ गते र अष्ट्रेलियासँग चैत १८ गते खेल्ने तय भएको थियो।

कोरोना भाइरसको बढ्दो जोखिमका कारण नेपाल सरकारले सार्वजनिक कार्यक्रम आयोजना नगर्न आग्रह गरेको छ।

विश्वकप छनोटअन्तर्गत अखिल नेपाल फुटबल संघ एन्फाले ३१ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरिसकेको छ। राष्ट्रिय टोली अहिले बन्द प्रशिक्षणमा व्यस्त छ।

खोप लगाउन नपाउँदा विदेश जाने कामदार मर्कामा; खाई पाई आएको रोजगारी समेत गुम्ने ख’तरा

Previous articleब्राजिलका चर्चित फुटबल खेलाडी रोनाल्डिनो पक्राउ
Next articleट्राफिक महाशाखाकाे सेवा विस्तार, अब झञ्झट कम हुने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।