सूर्यविनायकमा कांग्रेसको अग्रता, वडा नं १ मा एमाले विजयी

भक्तपुर- सूर्यविनायक नगरपालिका–१ मा नेकपा एमालेका सानुकाजी कायस्थ एक हजार ३१० मतले विजयी हुनुभएको छ । उहाँका निकटम प्रतिद्वन्दी राप्रपाका शेखर थापाले एक हजार १३० मत प्राप्त गर्नुभयो । एमालेबाट वडा सदस्यमा मञ्जु कार्की, कुमार चौलागार्इं र कल्पना परियार विजयी हुनुभएको छ । वडा सदस्यमा कांग्रेसबाट घननाथ मिश्र विजयी हुनुभएको छ ।

उक्त नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका निशान ढुङ्गेलले एक हजार ६२६ मतले अग्रता लिनुभएको छ भने एमालेका वासुदेव थापाले एक हजार ३४८ मत प्राप्त गर्नुभएको छ । उपप्रमुखमा एमालेकै सरिता भट्टराईले एक हजार ३५१ मतले अग्रता कायम गर्नु भएको छ भने निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट नेकपा समाजवादीका श्यामसुन्दर बस्नेतले ८०७ मत प्राप्त गर्नुभएको छ ।

https://ujyaalonepalnews.com/archives/20143

Previous articleभरतपुरमा रेनु दाहालसँगको मतान्तर घटाउँदै विजय
Next articleरत्ननगर वडा नं. १ को १५५० मत गन्दा के छ अवस्था ?
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।