मुख्यमन्त्री राउतको आरोप : बेपत्ता परिवारका लागि राज्य इमान्दार भएन

जनकपुरधाम, २२ फागुन । दुई नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले राज्य इमान्दार नहुँदा बेपत्ता परिवारले अभैm न्याय पाउन नसकेको टिप्पणी गरेका छन् ।

जनकपुरमा आयोजित पीडित तथा सरोकारवालाहरूसँग प्रदेशस्तरीय अन्तर्क्रिया कार्यक्रममा बिहीबार मुख्यमन्त्री राउतले बेपत्ता पारिएको परिवारलाई न्याय दिलाउन राज्य इमान्दार हुनुपर्नेमा जोड दिए ।

बेपत्ता पारिएको व्यक्तिको छानबिन आयोग, ललितपुरले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री राउतले आउँदो केही दिनभित्रै बेपत्ता परिवारले न्याय पाउने विश्वास व्यक्त गरे ।

दुई नम्बर प्रदेशमा रहेका १ सय ९६ बेपत्ता परिवारको न्यायका लागि प्रदेश सरकारले आप्mनो स्तरबाट सहयोग गर्ने मुख्यमन्त्री राउतले बताए । उनले भने, ‘बेपत्ता परिवारको समस्यालाई अब नबल्झाऔँ । चाँडोभन्दा चाँडो निक्र्यौलमा पु¥याऔँ ।’

परिवारका सदस्य गुमाएकाको पीडा कम गर्नका लागि पनि न्याय दिनुपर्ने तर्क उनले गरे । मुख्यमन्त्री राउतले बेपत्ता पारिएको परिवारको समस्या तत्काल समाधान गर्न आयोगलाई आग्रह गरे । रासस

The post मुख्यमन्त्री राउतको आरोप : बेपत्ता परिवारका लागि राज्य इमान्दार भएन appeared first on Koshi Online.

खोप लगाएको कति दिन पछी विदेश जान पाईन्छ? निश्चित दिन नपुगे गएर क्वारेन्टाइन बस्न पर्ने

Previous articleसाढे २५ लाख घुस लिने गाउँपालिका अध्यक्ष र वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा
Next articleअमेरिकाः अर्बपति माइकल ब्लूमबर्गद्वारा चुनावी दौड परित्याग
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।