बझाङ। बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका स्तरीय किशोर किशोरी स्वास्थ्य सम्बन्धी समिक्षा तथा योजना तर्जुमा गोष्ठि सम्पन्न भएको छ । बुधबार देखी संचालन भएको दुई दिने योजना तर्जुमा गोष्ठी सम्पन्न भएको हो । जयपृथ्वी नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा संचालन भएको उक्त कार्यक्रमा नगरपालिका भरिका स्वास्थ्य चौकीका प्रम्ख , केही महिला स्वस्थ्य स्वयम्सेविका, शिक्षक, शिक्षीका, जनप्रतिनीधी र किशोर किशोरीहरुको सहभागीता रहेको जयपृथ्वी नगरपालिका बझाङका निमित्त प्रमुख प्रशासकीय अधिकृत जनक बहादुर सिहंले जानकारी दिए ।
सन २०२५ सम्म सबै किशोर किशोरीहरुले स्वस्थ र उत्पादनशिल जीवन यापन गर्नका लागि सकारात्मक जीवनशैली अबलम्बन गर्ने, सबै किशोर किशोरीहरुका लागि सुरक्षीत सहयोगी र संरक्षित वातावरण निर्माण गर्ने, किशोर किशोरीहरुको उमेर सुहाउँदो स्वास्थ्य र विकास सम्बन्धि सुचनामा पहुँच बढाउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको हो । यस्तै सुस्वास्थ्य र विकासका लागि शारिरीक तथा मानसिक रुपमा सशक्त तुल्याउ र किशोर किशोरी मैत्री गुणस्तरीय स्वास्थ्य एवं परामर्श सेवामा पहुँच र उपयोग बढाउने उदेश्यले यो कार्यक्रमको आयोजना गरिएको स्वास्थ्य शाखा प्रमुख तथा निमित्त प्रमुख प्रशाशकीय अधिकृत सिहंले जानकारी दिए ।
अधिकांश किशोर किशोरीहरु कुलतमा फस्ने सम्भावना रहेका कारण किशोर किशोरीहरुको बढी रेखदेख तथा ख्याल अभिभावक र समुदायले गर्नु पर्ने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख भानु जोशिले बताए । ९ बर्ष देखी १९ बर्ष मुनीका उमेर समुहकालाई किशोर किशोरी भनिने भएका कारण यो समयमा अभिभावकहरुले बढी संबेदनशिल हुनु पर्ने र आफ्नो जिम्मेवारीको भुमिका यसै समयमा निर्वाह गर्नु पर्ने बताए । यही समुहका किशोरहरु लागु औषधमा फस्ने, वालविवाह गर्ने लगायतका धेरै कारण हुने भएकाले यसबाट आ –आफ्ना छोरा छोरीलाई जोगाउन सबै अभिभावकहरुले बढी ख्याल राख्नु पर्ने जोशिले बताए ।
कार्यक्रममा बोल्दै युएनएफपिएका जिल्ला संयोजक धन बहादुर लम्सालले युएनएपिए र युनिसेफले बझाङ जिल्लाका ४८ वटा स्वास्थ्य संस्थाहरु मध्ये २७ वटामा स्वास्थ्य संस्थाहरुमा किशोर किशोरी मैत्री स्वास्थ्य सेवा दिदै आएको बताए । किशोर किशोरीहरुलाई नै मध्यनजर गर्दै विभिन्न सचेतना मुलक कार्यक्रमहरु र अभिभावकहरुलाई समेत विभिन्न गोष्ठी, सडक नाटक मार्फथ पनि सचेतना फैलाउदै आएको उनले बताए ।

देशका भविष्य भनेका किशोर किशोरीलाई नै लिन सकिने कार्यक्रममा सहभागीहरुको भनाइ थियो । बझाङ जिल्लामा मात्रै नभएर सुदुरपश्चिम प्रदेश भरि नै किशोर किशोरीहरुमा सरकारको लगानी न्युन रहेको र सबै जिल्लाका जनप्रतिनिधि तथा सबै पालिकाहरुले किशोर किशोरी मैत्री वातावरण बनाउन लागनी गर्न आवश्क रहेको युनिसेफ नेपालका प्रतिनिधी सिता सुनारले बताईन् । साथै उनले युनिसेफ नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा नै खोप मातृ तथा नवशिशु वाल स्वास्थ्य सम्बन्धि समेत २ दिने योजना तर्जुमा गोष्ठी समेत सम्पन्न गरिएको बताईन् ।

किशोर किशोरी उमेर समुहमा नै उनिहरुको शारिरीक मानसिक तवरमा समेत परिवर्तन हुने हँुदा यस समयमा उनीहरुलाई विभिन्न कुराको ज्ञानको आवश्यक पर्ने भएकाले यसमा स्थानीय निकायले चासो राखी विभिन्न ग्रामीण बस्तिहरुमा सचेतना मुलक कार्यक्रमहरु संचालन गर्नु आवश्यक रहेको उनको भनाई छ । युनिसेफ नेपालको आर्थिक तथा प्राविधिक सहयोग र जयपृथ्वी नगरपालिकाको आयोजनामा उक्त कार्यक्रम संचालन भएको थियो ।


The post किशोर किशोरी स्वास्थ्य सम्बन्धी समिक्षा तथा योजना तर्जुमा गोष्ठी appeared first on Rajdhani Daily News.
सामाजिक संजा’लमा विजय शाहीले आ’त्मह’त्या गरेको ह’ल्ला, के हो वास्तविकता ?


