१३ विपन्न परिवारलाई जस्तापाता वितरण

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका –१, अन्नपूर्णले गरिव तथा विपन्न परिवारलाई निःशुल्क जस्तापाता वितरण गरेको छ । वडा भित्रका सवै फुसको छानोे हटाउने लक्ष्यका साथ आर्थिक अवस्था कमजोर भएका १३ परिवारलाई जस्तापाता वितरण गरिएको हो ।

वडा कार्यालयको बजेटबाट पत्येक परिवारलाई औषतमा साढे तीन बन्डलका दरले जस्तापातासंगै आवश्यक सामग्री दिएको वडा कार्यालयले जनाएको छ । स्थानीय छबे सार्की, रत्नमाया बुढाथोकी, सुजनकाजी राई, टंकबहादुर भुजेल, सीताराम अधिकारी, चन्द्रमाया अधिकारी, हिराला विश्वकर्मा, नरदेवी राई, दिलकुमारी राई सहित १३ परिवारलाई निःशुल्क जस्तापाता वितरण गरेको वडाध्यक्ष पूर्णप्रसाद राईले जानकारी दिए ।

वडाअध्यक्ष राईले भने‘ हामीले गरिव तथा विपन्न परिवारलाई छनौट गरेर रु. ५ लाख वरावरको जस्ता पाता वितरण गरेका छौ, आगमी वर्ष करिव १२ घर परिवार बाँकी छन्, तिनिहरुलाई पनि वितरण गर्ने लक्ष्य छ ।’ वडा कार्यालयले विहिबार एक कार्यक्रमका साथ जस्तापाता वितरण गरेको हो ।

The post १३ विपन्न परिवारलाई जस्तापाता वितरण appeared first on Rajdhani Daily News.

पिठुवा-माधवपुरका १२८ विपन्न विद्धार्थिलाई पाठ्यपुस्तक तथा शैक्षिक सामाग्री वितरण

Previous articleकिशोर किशोरी स्वास्थ्य सम्बन्धी समिक्षा तथा योजना तर्जुमा गोष्ठी
Next articleचट्याङ लागेर एक महिलाको मृत्यु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।