चट्याङ लागेर एक महिलाको मृत्यु

 

डोटी ।  जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिका–२ सिर्मागाउँमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारीअनुसार चट्याङ लागेर मृत्यु हुनेमा ६० वर्षीया जसुदेवी ओली रहेकी छन् । बुधबार राति करिब ६.३० बजेको समयमा घरमा बसिरहेको बेला एक्कासी परेको चट्याङ लागेर ओलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले जानकारी दिनुभयो ।

घटनास्थल जान सायल प्रहरी चौकीबाट पैदल चार घण्टा लाग्ने भएको हुँदा प्रहरी टोली घटनास्थलमा गएको र घटनाको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यलय डोटीले जनाएको छ । डोटीमा अहिले पनि वर्षा भइरहेको छ ।

साभार : रासस

The post चट्याङ लागेर एक महिलाको मृत्यु appeared first on Rajdhani Daily News.

कतार जानेलाई फेरी नया नियम, फर्कदा अनिवार्य होटेल क्वारेन्टाइन बस्नुपर्ने

Previous article१३ विपन्न परिवारलाई जस्तापाता वितरण
Next articleसाढे तीन लाख जनसंख्या भएको आइसल्यान्डमा २६ जनालाई कोरोना संक्रमण
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।