तोरन्लमा सामान्य तारा पूजा बाहेक अन्य कार्य नगर्न थकाली सेवा समितिको आव्हान

0
48

काठमाडौं । थकाली सेवा समिति नेपालले थकाली समुदायको महान् सांस्कृतिक पर्व तोरन्लमा सामान्य तारा पूजा (पित्रृलाई चढाउने) बाहेक अन्य कार्य नगर्न आव्हान गरेको छ ।

थकाली सेवा समिति नेपालका अध्यक्ष सोमप्र्रसाद तुलाचनले बिहीबार विज्ञप्ती जारी गर्दै चीन हुँदै विश्वभर महामारीका रुपमा फैलिदै गएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणको जोखिमलाई ध्यानमा राखेर सो निर्णय गरिएको बताए ।

नेपाल सरकारले समेत संक्रमणबाट जोगिन सचेतना अपनाइ भीडभाडमा नजान तथा भेला, सभा, सम्मेलन जस्ता कार्यक्रम नगर्न सूचना जारी गरेको हुँदा तोरन्लमा सामान्य तारा पूजा मात्र गर्न विज्ञप्तीमार्फत आव्यहान गरिएको हो ।

The post तोरन्लमा सामान्य तारा पूजा बाहेक अन्य कार्य नगर्न थकाली सेवा समितिको आव्हान appeared first on Rajdhani Daily News.

छुट्टीमा युएई बाट नेपाल आएका नेपालीले आफ्नो ‘भिसा स्टाट्स’ कसरी हेर्ने ? सकिएको भिसा अब के गर्ने ?

Previous articleसरकारले गरेको विकास देख्न नसक्ने छटपटाए : प्रवक्ता श्रेष्ठ
Next articleलागुऔषध सहित एक महिला पक्राउ