छुट्टीमा युएई बाट नेपाल आएका नेपालीले आफ्नो ‘भिसा स्टाट्स’ कसरी हेर्ने ? सकिएको भिसा अब के गर्ने ?

0
54

निराजन घिमिरे, साउन २४-  गत मंगलबार अगस्ट ३ मा, संयुक्त अरब इमिरेट्सको राष्ट्रिय संकट र आपतकालीन व्यवस्थापन प्राधिकरण र सामान्य नागरिक उड्डयन प्राधिकरण (GCAA) ले संयुक्त अरब इमिरेट्समा एक अनुमोदित कोविड-१९ खोप को दुबै डोज प्राप्त गरेका आप्रबासी श्रमिकहरुलाई ५ बाट युएई प्रवेशको अनुमती दिने घोषणा गरे। संयुक्त अरब इमिरेट्स (यूएई) को आवाशिय अनुमती प्राप्त व्यक्ति जसले युएईमा कोभिड -१९ को दुई डोज खोप लिएका छन् तिनलाई युएई फर्कने अनुमति छ।

यसबाहेक, खोप लगाएका वा नलगाएका स्वास्थ्यकर्मीहरु, शिक्षकहरु, मानवीय मामिलाहरुमा काम गर्ने कर्मचारीहरु, संघीय र स्थानीय सरकारी निकायहरुमा कार्यरत कर्मचारीहरु भारत, पाकिस्तान, श्रीलंका, नेपाल, नाइजेरिया र युगान्डा बाट संयुक्त अरब इमिरेट्स प्रवेश गर्न सक्छन्। तर युएई प्रवेशको लागी परिचय र नागरिकताको लागी संघीय प्राधिकरण (ICA)जनरल निदेशालय र विदेशी मामिला (GDRFA) को स्वीकृति अनिवार्य । यो लेखमा बाध्यतावश ६ महिना भन्दा लामो समय युएई बाहिर बसेका व्यक्तिहरुले आफ्नो भिषा स्टाटस कसरी थाहा पाउने भन्ने बारेमा जानकारी दिने कोसिस गरिएको छ ।

युएई प्रवेशको लागी भिषा स्टाटस कसरी हेर्ने ?

युएईमा धेरै प्रान्तहरु छन् । ति प्रान्तहरु मध्ये दुबई जानेले यँहा क्लिक गरेर आफ्नो पासपोर्ट र एमिरेट्स आईडी नम्बरको प्रयोग गरी आफ्नो भिसा स्थिति जाँच गर्न सक्नुहुन्छ। दुबई बाहेक अन्य प्रान्त (इमिरेट्स) हरुमा जानेले गर्नेले यँहा क्लिक गरेर आफ्नो भिसा स्थिति जाँच गर्न सक्नुहुन्छ। तपाइँले आफ्नो पासपोर्ट वा एमिरेट्स आईडी नम्बर को उपयोग गरेर आफ्नो भिसा स्थिति जाँच गर्न सक्नुहुन्छ।

युएई बाट नेपाल आएको छ महिना भन्दा बढी भईसकेको अवस्थामा के हुन्छ ?

सामान्य नियमअनुसार युएईका आवाशिय भिषा बाहक व्यक्तिहरु जो लगातार छ महिना भन्दा बढी समय युएई भन्दा बाहिर बसेका हुन्छन् तिनीहरुको रेसिडेन्सी भिसा स्वतः रद्द हुनेछ। यदि छ महिना भन्दा पछी पनि उ युएई प्रवेश गर्न चाहन्छ भने उसले नयाँ प्रवेश अनुमति को लागी नयाँ आवेदन गर्नु पर्छ। रेजीडेंसी र विदेश मामिला को महानिदेशालय (GDRFA) को वेबसाइट मा भनिएको छ कि, ” केहि सुरक्षा र सावधानीको मापदण्डका कारण त्यस्ता आवेदनहरूअस्वीकार हुन पनि सक्छ।

तर यसकोमतलब त्यस्ता व्यक्ति युएई प्रवेश गर्नै पाउँदैनन् भन्ने होईन, पुनर्प्रवेशका सबै आवेदन स्वीकृत नहुन पनि सक्छन् । दुबई जानेले यँहा क्लिक गरेर पुनर्प्रवेशको आवेदन दिन सक्नेछन् । त्यस्तै दुबई बाहेक अन्य प्रान्त (इमिरेट्स) हरुमा जानेले गर्नेले यँहा क्लिक गरेर पुनर्प्रवेशको आवेदन दिन सक्नेछन् ।

पुनर्प्रवेशको आवेदन दिएपछि के हुन्छ ?

छ महिना भन्दा बढी समय बाध्यतावश वा अन्य कारणले युएई भन्दा बाहिर रहेका युएईका आवाशिय भिषाप्राप्त व्यक्तिहरुले पुनर्प्रवेशको आवेदन दिईसकेपछि आफ्नो रोजगारदाता वा स्पोंसरले “मेरो कामदार हो” भनि दिएको सिफारिसपत्र अनिवार्य पेश गर्नुपर्नेछ । त्यस्तो पत्र युएईको विमानस्थलमा रहेका इमिग्रेसन अफिसरसमक्ष बुझाउनुपर्ने हुन्छ ।

के नेपालमै बसेर पुनर्प्रवेशको आवेदन दिन सकिन्छ?

ईन्ट्री परमिट  ICA वा GDRFA ले जारी गर्ने यस्तो डकुमेन्ट हो जसले विदेशीहरुलाई युएई प्रवेश गर्नको लागी र केहि निश्चित समयको लागी युएईमा कानूनीरूप बाट रहन अनुमति दिन्छ। यसको आवेदन अनलाईन वा अफलाईन दुवै माध्यम बाट गर्न सकिन्छ । यदि तपाई युएई प्रवेश गर्न चाहनुहुन्छ भने लाग्ने शुल्क तपाईको रोजगारदाता वा स्पोंसरले अनलाईन र अफलाईन दुवै माध्यम बाट गर्न सक्नेछ । तर त्यस्तो प्रायोजक एक निजि क्षेत्र, एक सार्वजनिक संस्था, एक रिश्तेदार, एक युएई आधारित एयरलाइन वा एक होटल हुन पर्छ।

भिषा समाप्त भएको अवस्थामा के गर्ने? 

भिषा सकिएको ३० दिन सम्म ग्रेस पिरियड रहने भएता पनि हाल सम्म युएईका अधिकारीहरुले भिषा सकिएकाहरुलाई प्रवेश गर्न दिने कुनै नियम बनाएका छैनन्।  त्यसकारण भिषा सकिएको अवस्थामा तपाईको प्रायोजक (रोजगारदाता/ पति/ पत्नी/ अभिभावक) ले हाल विद्यमान भिसा रद्द गरी नयाँ प्रवेश अनुमति को लागी आवेदन दिनु पर्नेछ।

के अहिले पर्यटक भिसामा युएई प्रवेश गर्न सकिच्न्छ?

हालको अवस्थामा भारत, पाकिस्तान, नेपाल, र बंगलादेश जस्ता देशहरु बाट भिजिट भिसा धारकहरु सीधै यूएई प्रवेश गर्न सक्दैनन्। यसको सट्टा, उनीहरु युएईमा आउनु भन्दा पहिले  युएईको ग्रिन लिस्टमा भएका देशहरुमा कम्तीमा १४ दिनको क्वारेन्टाइन बसेर युएई प्रवेश गर्न सक्नेछन । जस्तै तपाई नेपाल बाट कतार गएर १४ दिन होटल क्वारेन्टाइनमा बसेर युएई प्रवेश गर्न सक्नुहुनेछ किनकि कतार युएईले ग्रिन लिस्टमा राखेको देश हो ।

 

 

 

https://www.ujyaalonepalnews.com/archives/15375

Previous articleरत्ननगर अस्पतालमा आइपुग्यो अक्सिजन प्लान्ट, पिसिआर मेसिन पनि तत्कालै आइपुग्ने
Next articleतत्काल युएई उडान सुरु नहुने भएपछी नेपाल एअरलाइन्सले जारी गर्यो यस्तो सुचना