Home Uncategorized लागुऔषध सहित एक महिला पक्राउ

लागुऔषध सहित एक महिला पक्राउ

बारा । भारतीय नाकामा भारी मात्रामा लागुऔषध सहित एक जना महिला पक्राउ परेको छ । बाराको कलैया उपमहानगरपालिका वडा नंम्वर १०, मटिअर्वा नाकाबाट लागु औषध सहित एक जना महिला पक्राउ परेकी हुन् । पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका वडा नंम्वर २७, सिसवामहेशपुर घर भई हाल वडा नंम्वर ४ मा डेरा गरि बस्ने वर्ष ५० वर्षीया सुदमिया राम रहेकी छन् ।

सशस्त्र प्रहरी निरिक्षक लक्ष्मण जोशीको कमाण्डमा खटेको पाँच जनाको मोवाईल टोलीले भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको लागुऔषध चेकजाँच गर्ने क्रममा पकडिघाटबाट पक्राउ गरिएको हो ।
पक्राउ परेकोबाट प्रोमेथेक्साईन चार सय, नोफिन चार सय र डाईजेपम ईन्जेक्सन चारसय गरि जम्मा १२ सय पिस पक्राउ गरिएको सशस्त्र प्रहरी लक्ष्मण जोशीले बताए ।

विरगंज भन्सार कार्यालयका अनुसार मटिअर्वा नाकाबाट विगत ७ महिनामा लगभग १ करोडको मालसमान पक्राउ गरिएको जानकारी गराएका छन । भन्सारको नाकामा कडाई हुनासाथ विगत भन्दा राजस्वमा दश गुणाले बृद्धि भएको भन्सार कार्यालयका नागेन्द्र यादवले जनाएका छन ।

The post लागुऔषध सहित एक महिला पक्राउ appeared first on Rajdhani Daily News.

खोप कार्ड वितरणमा ढिलाइ हुँदा विदेश जाने सेवाग्राहीको विच’ल्ली

Previous articleरोटरी सार्क गोपाल–कमल राजभण्डारी हृयुमानिटी अवार्ड स्थापना
Next articleराष्ट्रसंघ पूर्वमहासचिव क्वेलरको निधन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।