भारतीय चिकित्सकको टोली स्वदेश फिर्ता

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणका लागि भारतबाट आएको चिकित्सकको टोली फिर्ता भएको छ।

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणमा सहयोग गर्न वरिष्ठ युरोलोजिष्ट एवं मिर्गौला प्रत्यारोपण सर्जन प्राडा. अनन्त कुमारको नेतृत्वमा तीन सदस्यीय टोली नेपाल आएको थियो। मिर्गौला प्रत्यारोपण सफल भएपछि उनीहरु बिहीबार स्वदेश फर्किएका हुन्।

प्रधानमन्त्री ओलीको बुधबार त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। अस्पताल स्रोतका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य हुँदै गइरहेको छ।

सरकारले र्‍यापिड पीसीआर टेस्ट सेवा सञ्चालन नगरेका कारण नेपालबाट दुबई यात्रा अनिश्चितकालका लागि स्थगन

Previous articleराष्ट्रसंघ पूर्वमहासचिव क्वेलरको निधन
Next articleकोरोना भाइरसबाट जोगिन सरकार र नागरिकले गर्नुपर्ने १० काम
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।