लमजुङ । लमजुङमा दशौं कोइरालाफाँट रनिङ कप फुटबल प्रतियोगिता शुरु भएको छ । सुन्दरबजार नगरपालिका– १० को कोइरालाफाँटमा आयोजना गरिएको उक्त प्रतियोगिताको सोही वडाका अध्यक्ष जयबहादुर अधिकारीले उदघाटन गरेका हुन् ।
सेभेन ए साइडको प्रतियोगितामा कुल २३ टिमले भाग लिएका छन् । विहीवार पहिलो चरणका चार खेल सम्पन्न भएका छन् । पहिलो खेल सुन्दरबजार युवा क्लब ए ले आयोजक सी टिमलाई ४– १ गोल अन्तरले हराएको छ । दोस्रो खेलमा सुन्दरबजार युवा क्लब बिले कालिका युवा क्लब तुर्लुङकोटलाई ३– २ गोल अन्तरले जितेको छ । त्यस्तै, तेस्रो खेल दिल स्मृति युवा क्लब परेवाडाँडा र कालिका युवा क्लब गहतेका बीचमा भएको थियो ।
उक्त प्रतिस्पर्धामा खेल अवधिमा कुनै पनि गोल हुन सकेन । ट्राइबे्रकरमा ५– ४ गोल अन्तरले दिल स्मृति युवा क्लब विजयी भएको छ । यसैगरी, चौथो खेलमा पाउँदी युवा क्लब पाउँदीले मनकामना युवा क्लब लामीखेत पिरन्तीबेसीलाई ४– ० गोलले हराएको छ ।
उक्त प्रतियोगितामा पहिलो हुने टिमलाई एक लाख एक हजार एक सय ११ कोइरालाफाँट रनिङ कप, मेडल र प्रमाणपत्र रहेको छ । त्यस्तै, दोस्रो हुने टिमलाई ५० हजार पाँच सय ५५ रुपैयाँ मेडल र प्रमाणपत्र रहेको उक्त प्रतियोगिताका प्रचार संयोजक सुजन कोइरालाले बताए । उनका अुनसा सो प्रतियोगितामा उत्कृष्ठ खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कष्ठ गोलकिपर, उत्कष्ठ टिम मैनेजरलाई मेडल र प्रमाणपत्र प्रदान गरिने छ भने दोस्रो चरणदेखि म्यानअफ दि म्याच घोषणा गरी मेडल प्रदान गर्ने कार्यक्रम रहेको छ ।
आयोजक कोइरालाफाँट युवा क्लबका अध्यक्ष तीर्थराज ढकालको अध्यक्षतामा भएको उदघाटन कार्यक्रमको सञ्चालन सचिव तेजबहादुर दुराले गरेका थिए ।

The post दशौं कोइरालाफाँट रनिङ कप फुटबल प्रतियोगिता शुरु appeared first on Rajdhani Daily News.
४ घन्टे RDT PCR रिपोर्ट नीतिमा दुबईले गर्यो परिवर्तन; नेपालीहरुलाई केहि सहज हुने


