न्युयोर्क । अमेरिकी डेमोक्रेटिक पार्टीका तर्फबाट आगामी राष्ट्रपतिको उम्मेदवार छनोट गर्न भइरहेको पार्टीको चुनावमा न्युयोर्कका पूर्वमेयर माइकल ब्लुमबर्गले अपेक्षित नतिजा प्राप्त गर्न नसकेपछि उम्मेदवारी परित्याग गरेका छन् । ब्लुमबर्गले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘डोनाल्ड ट्रम्पलाई पराजित गर्ने उद्देश्यसहित तीन महिना पहिले म राष्ट्रपतिको उम्मेदार दौडमा सामेल भएको थिएँ । आज, म त्यही कारणका लागि चुनावी दौड परित्याग गर्दै छु ।’
न्युयोर्क सहरका पूर्वमेयर ब्लुमबर्गले डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवारको टिकट हात पार्न चुनावी प्रचारमा व्यक्तिगत ४० करोड ९० लाख अमेरिकी डलर खर्च गरेका थिए । उनले अब पूर्वउपराष्ट्रपति जोए बिडेनलाई समर्थन गर्ने बताएका छन् ।
‘डोनाल्ड ट्रम्पलाई आगामी राष्ट्रपतीय चुनावमा पराजित गर्न डेमोक्रेटिक पार्टी एकजुट हुनुको विकल्प छैन । ‘पछिल्लो मतदानको नतिजापछि अब प्रस्ट के भएको छ भने मेरो उम्मेदवार जो बाइडेन हुनुहुन्छ र उहाँले चुनाव जित्ने सम्भावना बढेको छ,’ उनले भनेका छन् ।
अमेरिकी अर्बपति व्यापारी ब्लुमबर्गले जनवरीको अन्त्यसम्ममा करिब ४० करोड ९० लाख खर्च गरेका उनले संघीय निर्वाचन आयोगमा बुझाएको विवरणमा उल्लेख छ । तर, उनले फेब्रुअरीमा पनि निकै बढी खर्च गरेको विश्वास गरिन्छ । मंगलबार भएको १४ वटा राज्यको चुनावमा ब्लुमबर्गले समोआ द्वीपमा मात्र विजय हासिल गरेका थिए । तर, जो बाइडेनले अप्रत्यासित रूपमा १० वटा राज्यमा चुनाव जितेका छन् ।
चुनावमा निकै प्रभावशाली मानिएका सिनेटर बर्नी स्यान्डर्सले चारवटा राज्यमा विजयी जित हासिल गरेका छन् । निकै बढी प्रतिनिधि छनोट हुने क्यालिफोर्निया राज्यमा भने स्यान्डर्सले बाजी मारेका छन् । डेमोक्रेटिक पार्टीका तर्फबाट अब जो बाइडेन वा स्यान्डर्समध्ये एकले आगामी नोभेम्बरमा हुने चुनावमा राष्ट्रपति डोनाल्ड ट्रम्पको सामना गर्नेछन् ।
The post अर्बपति ब्लुमबर्गद्वारा चुनावी दौड परित्याग appeared first on Rajdhani Daily News.
निबाली ? माशाअ’ल्लाह ! निबाली वाइद हेलो, तैइब यानी… दुबईको मेट्रो स्टेसनमा भेटिएकी सुल्तना


