सोचेभन्दा राम्रो प्रगति भइरहेको छ

0
64

प्रा.डा. दिव्यासिंह शाह, प्रधानमन्त्रीका निजी चिकित्सक एवं मिर्गौला रोग विशेषज्ञ

प्रधानमन्त्रीको अवस्था कस्तो छ ?
प्रधानमन्त्री खतरामुक्त हुनुहुन्छ । उहाँले झोलिलो पदार्थ खान थालिसक्नुभएको छ । हामी उहाँलाई अझै एक साता जति अस्पतालमै राख्छौं । डिस्चार्ज भएको एक सातापछि उहाँले नियमित बैठक गर्न सक्नुहुन्छ । उहाँलाई औषधि दिइएको छ । औषधिलाई निरन्तरता दिँदै जानेछौं र बिस्तारै कम गर्छौं । सबैभन्दा चुनौती इन्फेक्सनबाट हो । उहाँलाई नजिकबाट निगरानीमा राख्छौं । उहाँमा अपेक्षाकृत सुधार आएको छ । उहाँमा प्रत्यारोपण गरिएको मिर्गौलाले पनि एकदम राम्रोसँग काम गर्न थालिसकेको छ । हामीले सोचेभन्दा उहाँको अवस्था राम्रो छ ।

कस्तो अनुभव गर्नुभयो ?
ट्रान्सप्लान्ट गर्नुअघि सातामा एकपटक प्रधानमन्त्रीको डायलाइसिस गर्दै आएका थियौं । कहिलेकाहीँ प्रधानमन्त्रीको व्यस्तताले १० दिनमा एकपटक पनि डायलाइसिस हुन्थ्यो । किड्नीले काम त गर्दै थियो । प्रत्यारोपण तीन महिनाअघि नै गर्न सकिन्थ्यो । तर, उहाँलाई एपेन्डिसाइट भयो । महिनौंदेखि स्वास्थ्य परीक्षण पनि गर्दै आएका थियौं । यद्यपि, उहाँको स्वास्थ्य राम्रो नै थियो । प्रत्यारोपण गर्नुअघि पनि आफ्नो काम गर्नुभयो । र, काम सकेर अस्पताल आउनुभयो ।

प्रधानमन्त्रीको डिस्चार्ज कहिलेसम्म होला ?
अरू बिरामीको हकमा प्रत्यारोपण भएको पाँचांै दिनमा डिस्चार्ज गर्दै आएका थियौं । तर, प्रधानमन्त्रीको हकमा एक साता राख्ने विचार गरेका छौं । सबै चिज ठीक भएर सोंचेअनुसार राम्रो भयो भने हामी एक सातामा डिस्चार्ज गर्छौं । उहाँ इन्फेक्सनबाट जोगिनुपर्छ, खानपान राम्रो हुनुपर्छ । बासी र बाहिरको खाना खानुहुँदैन । नियमित व्यायाम गर्न पनि सुझाव दिन्छौं । उहाँ खतरामुक्त हुनुहुन्छ ।

चिकित्सकबाहेकले कहिलेदेखि भेटघाट गर्न पाउँछन् ?
उहाँ बाहिर निस्केपछि त टाढाबाट भेटघाट गर्न मिलिहाल्छ । तर, एकदमै नजिक गएर भेटघाट गर्न रोक लगाउँछौ किनभने उहाँलाई एक महिना जति हाइडोजमा औषधि चलाइन्छ । त्यसपछि विस्तारै औषधि कम गर्न थाल्छौं । धेरै सामीप्यमा आएर कुरा गर्न चाहिँ बन्देज लगाउँछौं ।

The post सोचेभन्दा राम्रो प्रगति भइरहेको छ appeared first on Rajdhani Daily News.

नारायणी पुलबाट हाम फालेर एकजना पुरुष बेपत्ता

Previous articleनेकपाका २ अध्यक्षकाे घानमा परेर हटाइएका हुन् त लीलामणि ?
Next articleएसीसी इस्टर्न रिजनः नेपाल-सिंगापुर खेल रद्द