नेपाली राष्ट्रिय फुटबल टोलीका भरपर्दा नियमित सदस्य सुजल श्रेष्ठ बिहीबार पोखरामा सम्मानित भएका छन् । सहारा क्लब पोखराले बिहीबार १८औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको अवसरमा सुजललाई ‘सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान’बाट सम्मानित गरेको हो ।
उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङ, सहारा क्लबका अध्यक्ष केशवबहादुर थापालगायतले नगद ३५ हजारसहित दोसल्ला र सम्मानपत्रले सम्मानित गरेको हो । फुटबल खेलको विकासमा योगदान पु¥याउने खेलाडीमध्ये एक खेलाडीलाई क्लबले विगत तीन वर्षदेखि सम्मान गर्दै आइरहेको छ । सहाराले यसअघि किरण चेम्जोङ र भरत खवासलाई सम्मान गरिसकेको छ ।
धनकुटाका सुजल सन् २०११ देखि नियमित रूपमा राष्ट्रिय टोलीमा रहँदै आएका छन् । उनले यसपटक एक मैत्रीपूर्ण खेलमा नेपालको कप्तानीसमेत गरेको थियो । घरेलु भूमिमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुदमा नेपालले स्वर्णपदक जित्दा नेपाली यू–२३ को कप्तानी सुजल श्रेष्ठले गरेको थियो ।
The post सुजल श्रेष्ठ सम्मानित appeared first on Rajdhani Daily News.
नेपाल आईपुगेका दुई रेलको भविष्य अन्योलमा: माधव नेपाल भन्छन् नेपालमा रेल हावादारी योजना हो


