
भुटानमा पनि कोरोना संक्रमण सुरु भएको छ। त्यहाँ पहिलोपटक कोरोना संक्रमित फेला परेका हुन्।

भुटानको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसारस भुटानमा रहेका एक अमेरिकी नागरिकमा बिहीबार कोभिड-१९ अर्थात् संक्रमण पाइएको हो।
भुटान भ्रमणमा रहेका ती ७६ वर्षीय अमेरिकी नागरिकमा भाइरसको संक्रमण देखिएको हो द भुटनिजले उल्लेख गरेको छ।
ती अमेरिकी ड्रुक एयरमार्फत भारतको गुवाहटी हुँदै मार्च २ मा भुटानको पारो विमानस्थलमा ओर्लिएका थिए।
विमानस्थलमा जाँच गर्दा सामान्य ज्वरो मात्रै देखिएको थियो। तर पछि भुटानको थिम्पुस्थित एक अस्पतालमा परीक्षण गर्दा उनमा कोरोना भाइरस देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
कोरोना संकटको बेला कतार, हिमालय र टर्किस एयरलाइन्सले यात्रु ठगेको निष्कर्ष


