बलात्कार कसुरमा नौ वर्ष जेलसजाय

शारीरिक अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत उदयपुरले त्रियुगा नगरपालिका– १६ का ४३ वर्षीय भीमबहादुर तामाङलाई नौ वर्ष जेलसजाय र पीडितलाई ५० हजार रूपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको छ ।

बिहीबार जिल्ला अदालतका न्यायाधीश मनोज केसीको इजलासले सो फैसला गरेको अदालतका स्रेस्तेदार राजकुमार आचार्यले बताए।

स्रेस्तेदार आचार्यका अनुसार तामाङले २०७६ जेठ १२ गते ती महिलालाई बलात्कार गरेपछि पीडितका आफन्तले प्रहरीमा तामाङविरुद्ध उजुरी दिएका थिए।

तत्कालै तामाङलाई प्रहरीले पक्राउ गरेर अनुसन्धानपछि मुद्दा दर्ता गरी पुर्पक्षका लागि थुनामा राखेको थियो।

जसरी पनि MCC पास गराउने देउवाको रणनिति, आन्दोलनको डरले आर्मी पुलिस हाईअलर्ट

Previous articleसाल्ट ट्रेडिङद्वारा महिनाभरी आयोडिनबारे गाउँगाउँमा सचेतना
Next articleचिनियाँ अध्ययन भन्छः बालबालिका पनि कोरोनाको जोखिममा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।