Home Uncategorized चिनियाँ अध्ययन भन्छः बालबालिका पनि कोरोनाको जोखिममा

चिनियाँ अध्ययन भन्छः बालबालिका पनि कोरोनाको जोखिममा

गुवाङदोङ प्रान्तस्थित सेनजेन शहरमा वैज्ञानिकहरुले गरेको अध्ययनमा त्यस्तो देखिएको एससीएमपीले जनाएको छ।

हालसम्मको तथ्यांकअनुसार वृद्धवृद्धामा कोरोनाको जाखिम बढी देखिएको छ।

केही समय अगाडि सार्वजनिक भएको चिनियाँ सरकारी अध्ययनअनुसार बालबालिकामा कोरोनाको जोखिम शुन्य रहेको बताइएको थियो।

तर, सेनजेनका वैज्ञानिकहरुले बालबालिकामा पनि कोरोना संक्रमणको सम्भावना रहेको बताएका हुन्। जोन्स हपकिन्स ब्लुमबर्ग स्कुल अफ पब्लिक हेल्थ, सेनजेन सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन, हार्बिन इन्स्टीच्युट अफ टेक्नोलोजी एट सेनजेन र पेङ चेङ ल्याबोरेटोलीले यस नयाँ अध्ययन सार्वजनिक गरेका हुन्।

अनुसन्धानकर्ताले कोरोना संक्रमितबाट आफ्ना परिवारमा कोरोना सार्ने सम्भावना १५ प्रतिशतले भएको देखिएको छ।

आम मानिसलाई भने कोरोना संक्रमण हुने सम्भावना ७.९ प्रतिशत भएको बताइएको छ।

अध्ययनका अनुसार १० वर्ष मुनिका बालबालिकामा पनि आम मानिसलाईजस्तै कोरोना सर्ने जोखिम छ। बालबालिकामा कोरोना सर्ने सम्भावना ७.४ प्रतिशतले रहेको अध्ययनले बताएको छ।

सबैले कोरोनाबाट बच्ने उपाय अबलम्बन गर्नुपर्ने वैज्ञानिकहरुले सुझाव दिएका छन्। एजेन्सी

यो पनि:

कोरोनाभाइरसको संकेत देखिए के गर्ने? यस्ता छन् बच्ने उपायहरु

काँग्रेस महाधिवेशन : रत्ननगर १६ मा गोलाप्रथा बाट सभापतीमा चुनिए देव राना

Previous articleबलात्कार कसुरमा नौ वर्ष जेलसजाय
Next articleअस्पतालबाट प्रधानमन्त्रीले भने : छिट्टै काममा फर्कन्छु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।