अस्पतालबाट प्रधानमन्त्रीले भने : छिट्टै काममा फर्कन्छु

दोस्रो पटक मिर्गौलाको प्रत्यारोपण गरेर त्रिवि शिक्षण अस्पतालमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफू छिट्टै नियमित काममा फर्कने बताएका छन्।

बुधबार मिर्गौलाको प्रत्यारोपण गरेपछि राजनीतिक सल्लाहकार विष्णु रिमालसँग शुक्रबार बिहान कुरा गरेका प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्थामा तीव्र रुपमा सुधार भइरहेको बताएका हुन्।

‘साथीहरुलाई भनिदिनुस्, मेरो स्वास्थ्य अवस्था तीव्र गतिमा सुधार भइरहेको छ, छिट्टै काममा फर्कन्छु,’ प्रधानमन्त्रीसँगको कुराकानीपछि रिमालले सामाजिक सञ्जालमा लेखेका छन्।

उनले सर्जरीपछी शुक्रबार पहिलो पटक प्रधानमन्त्रिसँग कुरा गर्ने अवसर मिलेको बताएका छन्। ‘धेरै खुशि लाग्यो, शीघ्र स्वास्थ्यलाभको कामना प्रधानमन्त्रिज्यू,’ उनले भनेका छन्।

कतार प्रहरीको कथा; नि:शुल्क भन्दै विज्ञापन तर प्रत्येक व्यक्तिबाट १०-१० लाख असुल

Previous articleचिनियाँ अध्ययन भन्छः बालबालिका पनि कोरोनाको जोखिममा
Next articleकोरोनाभाइरसले लियो ३ हजार ३८३ को ज्यान, संक्रमितको संख्या ९८ हजार
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।