कोरोनाभाइरसले लियो ३ हजार ३८३ को ज्यान, संक्रमितको संख्या ९८ हजार

Click Image

चीनको राष्ट्रिय स्वास्थ्य आयोग तथा अन्तर्राष्ट्रिय तथ्यांकअनुसार शुक्रबार सम्म ३ हजार ३८३ को ज्यान गइसक्दा विश्वभर यस भाइरसबाट संक्रमितको संख्या ९७ हजार ९४७ पुगेको छ।

चीनपछि कोरोनाबाट सबैभन्दा बढी संक्रमित देखिएको दक्षिण कोरियामा शुक्रबारसम्म संक्रमितको संख्या ६ हजार २८४ पुगेको छ। त्यहाँ ४२ को मृत्यु भइसकेको छ।

यस्तै चीनपछि कोरोनाबाट सबैभन्दा बढी ज्यान गुमाउने राष्ट्र इटाली र इरान हो। त्यहाँ क्रमश १४८ र १०७ को मृत्यु भएको छ।

इटालीमा ३ हजार ८५८ कोरोनाबाट संक्रमित छन् भने इरानमा ३ हजार ५१३ संक्रमित छन्।

कोरोनाको प्रकोपलाई मध्यनजर गर्दै विभिन्न राष्ट्रले कोरोना संक्रमित राष्ट्रमा भ्रमण प्रतिबन्ध लगाएका छन्। विभिन्न मूलुकले पठनपाठन नै ठप्प पारेका छन्।

विश्व स्वास्थ्य संगठनले भीड र समूहमा नबस्न सुझाव दिएको छ। हात समय समयमा धुन आग्रह गरेको छ।

हालसम्म ५५ हजार १८६ जना कोरोनाको उपचारपछि स्वस्थ बनेको बताइएको छ। एजेन्सी

यो पनि:

कोरोनाभाइरसको संकेत देखिए के गर्ने? यस्ता छन् बच्ने उपायहरु

https://ujyaalonepalnews.com/archives/5332

Previous articleविमानस्थलमा जाँच्दा सामान्य ज्वरो, अस्पतालमा परीक्षण गर्दा कोरोना!
Next articleकोरोनाको त्रास : संसद बैठक नै बन्द गर्न सांसद यादवको माग
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।