कोरोना त्रास : तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता स्थगित

0
79

कोरोना भाइरस (कोभिड–१९) सन्त्रासको कारण मोफसलकै पुरानो तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता स्थगित भएको छ।

रुपन्देही जिल्ला फुटबल संघले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै विश्वव्यापी रुपमा फैलिरहेको कोराना भाइरसको उच्च जोखिममा नेपाल पनि रहेको भन्दै तिलोत्तमा गोल्डकप पनि अनिश्चित कालका लागि स्थगित गरिएको जनाएको हो। यसअघि प्रतियोगिता चैत १ देखि १० गते सम्मका लागि तय थियो।

तिलोत्तमा गोल्डकपको संरक्षक बुटवल उपमहागनरपालिकाको पत्रानुसार अर्को सूचना नहुँदासम्मका लागि २२औँ तिलोत्तमा गोल्डकप नकआउट फुटबल प्रतियोगिता २०७६ स्थगित गरिएको अखिल नेपाल फुटबल संघका सदस्य समेत रहेका रुपन्देहीका अध्यक्ष दीर्घबहादुर केसी (कुमार) द्वारा जारी विज्ञप्तिमा भनिएको छ।

बुटवल उपमहानगपालिकाको संरक्षकत्वमा हुने प्रतियोगितामा १० टोलीको सहभागिता रहने यसअघि नै जानकारी गराइसकिएको थियो। एन्फा टेक्निकल सेन्टर देबिनगरमा हुने प्रतियोगिताको विजेताले १० लाख ५० हजार तथा दोस्रो हुने टोलीले ७ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने बताइएकाे थियाे।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल तथा विधागत उत्कृष्ट ४ खेलाडी र प्रशिक्षकले जनही ३० हजार रुपैयाँ प्राप्त गर्ने संघले जनाएकाे थियाे।

गोल्डेन भिषालाई अब स्पोन्सर नचाहिने; भिषा लिने नियम पनि खुकुलो

Previous articleविमानस्थलमा जाँच्दा सामान्य ज्वरो, अस्पतालमा परीक्षण गर्दा कोरोना!
Next articleकोरोनाको त्रास : संसद बैठक नै बन्द गर्न सांसद यादवको माग