टिपरको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् घाइते

पाल्पा । तानसेन नगरपालिका वडा नंं ७ सिद्धार्थ राजमार्गको लामडाँडामा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमती ज्यान गएको छ भने श्रीमान् घाइते भएका छन् ।

तानसेनबाट बुटवल जाँदै गरेको लु ७ प ४३४ नम्वरको मोरसाइकललाई लु २ ख ३१७८ नम्बरको टिपरले पछाडीबाट ठक्कर दिएको थियो । मोटर साइकलमा सवार तानसेन नगरपालिका वडा नंं ७ की ५५ बर्षीय मधु श्रेष्ठको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको र श्रीमान् ६२ बर्षीय हिमाल प्रसाद श्रेष्ठ घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

घाइते श्रेष्ठको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । टिप्पर चालक र टिप्परलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

The post टिपरको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् घाइते appeared first on Rajdhani Daily News.

खुशीको खबर: खुल्यो मलेशिया, नेपाली श्रमिक अब जान पाउने

Previous articleमिस वर्ल्ड टोनी हेलम्बुमा (फोटोफिचर)
Next articleविद्यालय अहिले बन्द नगर्ने सरकारको योजना, जोखिम देखिए तत्काल निर्णय
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।