लागुऔषध र हतियारसहित मोरङबाट पाँच पक्राउ

विराटनगर / मोरङको कानेपोखरी गाउँपालिका–७ बाट प्रहरीले लागुऔषध र हतियारसहित पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुन्दरहरैंचा नगरपालिका–८ का २० वर्षीय दिनेश विश्वकर्मा, रामबहादुर पौडेल, गौरव बस्नेत, सुन्दरहरैंचा–९ का २१ वर्षीय उत्सव ढकाल र सुनवर्षी नगरपालिका–८ डाइनियाका २८ वर्षीय मोहम्मद मुस्ताफ रहेका छन् । आइतबारराति १० बजे उनीहरुलाई इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरी नेत्रृत्वको टोलीले पक्राउ गरेको हो । को २ ह ३९६८ नम्बरको टेम्पोमा रमाइलोबाट उत्तरतर्फ कानेपोखरी आउँदै गर्दा सुरुमा विश्वकर्मा, पौडेल, बस्नेत र ढकाल पक्राउ परेका थिए ।

टेम्पोको हुटको भित्र ‘फल्स बटम’ मा लुकाएर ल्याएको अवस्थामा उनीहरुबाट लागुऔषध बरामद भएको थियो । पक्राउ पर्ने मध्ये विश्वकर्मा टेम्पो चालक हुन् । डीएसपी गिरीले सुरुमा पक्राउ परेका चार जनासँग लागुऔषध नाइट्राभेट ३० ट्याब्लेट, कोरेक्स तीन बोतल, स्पास्पोक्रेन प्लस ४८ ट्याब्लेट र विभिन्न कम्पनीका छ वटा मोबाइल सेट फेला परेको बताए । पक्राउ परेकाले डाइनियाका मोहम्मद मुस्ताफले आफूहरुलाई लागुऔषध बिक्री गरेको बताएपछि प्रहरीले डाइनिया पुगेर राति नै मुस्ताफलाई पनि पक्राउ ग¥यो ।

मुस्ताफले प्रहरीले बरामद गरेको लागुऔषध उनीहरुलाई एक हजार पाँच सय रुपैयाँमा बिक्री गरेको खुलेको छ । पाँचै जनालाई पक्राउ गरेर अनुसन्धान थालिएपछि उनीहरुले सुन्दरहरैंचा–२ का ५२ वर्षीय अब्बास मियाँसम्म लागुऔषध पु¥याउने गरेको खुलेको डीएसपी गिरीको भनाइ छ । मियाँको घर सुनवर्षीको डाइनियामा पनि छ । त्यसपछि सुन्दरहरैंचा र सुनवर्षी दुवै ठाउँमा रहेको उनको घरमा पुगेर प्रहरीले छापा मारेको थियो ।

खानतलासीका क्रममा मियाँको घरबाट विभिन्न कम्पनीका मोबाइलका पाँच थान सेट, लागुऔषध स्पास्पोक्रेन प्लस दुई सय ७८ ट्याब्लेट र नाइट्राभेट एक सय ५० ट्याब्लेट तथा एउटा कटुवा पेस्तोल र त्यसमा प्रयोग हुने तीनवटा गोली बरामद भएको जानकारी डीएसपी गिरीले बताए । उनकाअनुसार मियाँ भने घरमा नभेटिएको र प्रहरीले खोजी तीव्र पारेको छ ।

पक्राउ परेकाहरु विरुद्ध लागुऔषध तथा हातहतियार खरखजना मुद्दा चलाउन सोमबार म्याद थप गरेर अनुसन्धान सुरु गरिएको जानकारी गिरीले दिए ।
(फोटो क्याप्सन ः हतियार र ठूलो परिणामको लागुऔषधसहित पक्राउ परेकाहरु र उनीहरुको साथबाट बरामद भएका वस्तुहरु । )

The post लागुऔषध र हतियारसहित मोरङबाट पाँच पक्राउ appeared first on Purbeli News.

घुस लिएको आरोपमा वन अधिकृत पक्राउ

Previous articleनांगो फोटो फेसबुकमा लाइदिने धम्की दिदै करणी गर्ने आचार्य पक्राउ
Next articleपूर्वमेयरको निधनमा भोलि धरानमा शोक बिदा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।