पिठुवामा ट्र्याक्टरको ठक्करबाट एकजनाको मृत्यु

उज्यालो नेपाल- रत्ननगरको वडा नं. १६ पिठुवा दोबाटो बजारमा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ।

खैरहनी नगरपालिकातर्फबाट दोबाटो बजारतर्फ आइरहेको ना ३ त ७४३० नं को ट्र्याक्टरले साइकललाई ठक्कर दिँदा साइकल यात्री रत्ननगर १६ सेवाकेन्द्र टोल निवासी अन्दाजी वर्ष ७० को कृष्णबहादुर पन्तको मृत्यु भएको हो।

ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका पन्तलाई वडाध्यक्ष हेमराज थापा सहित स्थानीयको सहयोगमा उपचारको लागि रत्ननगर बकुलर अस्पताल लगिएकोमा बिहान १०:२२ बजे डाक्टरले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख डीएसपी रन्जन अवाले जानकारी दिए।

मृतकको शवलाई पोस्टमार्टमको लागि भरतपुर सरकारी अस्पतालमा पठाइएको छ।।

Previous articleभरतपुर अस्पतालको सेफ्टी ट्याङ्कीमा खसेकी बालिकाको उपचारको क्रममा मृत्यु
Next articleकालिकाका मेयर विनोद रेग्मी अमेरिकी भ्रमणमा, अन्तर्राष्ट्रिय सम्मेलन र उच्चस्तरीय भेटवार्तामा सक्रिय
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।