उज्यालो नेपाल– मकवानपुरको बकैया गाउँपालिका–७ रानिदमारमा खाजाको रुपमा दही–चिउरा खाँदा एकै घरका ६ जना बिरामी परेका छन्। स्थानीय इन्द्रबहादुर भोलनको खेतमा रोपाइँको क्रममा खाजाका लागि घरमा बनाइएको दही र चिउरा खाएपछि उनीहरू बिरामी परेका हुन्।
घटनामा भोलन परिवारका छ जना बिरामी भएका थिए। तीमध्ये चार जना सामान्य उपचारपछि घर फर्किएको मकवानपुर प्रहरीले जनाएको छ। भोलनकी १७ वर्षीया छोरी सुनिता भोलनलाई उपचारको लागी हेटौंडा अस्पतालमा भर्ना गरिएको छ।
यस्तै, भोलनका एक वर्षीय नाति समिर भोलनलाई भने प्रारम्भिक उपचारपछि चितवनको पुष्पाञ्जली अस्पतालमा रिफर गरिएको छ। दहि चिउरा खाएका व्यक्ति किन बिरामी भए भन्ने बारेमा अनुसन्छधान भईरहेको प्रहरीले जनाएको छ ।

