दुर्घट्नाले उडायो सबै सपना : ओछ्यानबाट साहारा खोज्दै स्वेता

स्याङ्जा । मान्छेमा जन्मे पछि मरिन्छ भन्ने बुझाई छ । जिवनको दौरानमा के के भोग्ने हो भन्ने कसैलाई थाहा पनि हुदैन । यो धर्तीमा जन्मेपछि केही न केही गर्ने इच्छा हरेक मानिसमा हुने गर्छ । यसको प्रयोग र भोगाई भने भाग्यले निर्धारण गर्ने गर्दछ । भाग्य मात्रै भएर हुदैन गर्ने आट पनि हुनुपर्छ भन्ने भनाई समाजमा रहेको पाईन्छ । धर्तीमा जन्मेपछि भोगाई अनेक थरीका हुने गर्दछन् ।

यो कसैले सोच्न सक्दैन । यस्तै भाग्यको चपेटामा छन् वालिङ १४ की स्वेता परियार । २०७६ साल भदौ १८ गते आफु सहित दुई छोरा लिएर माईतबाट घर फर्केकी परियार सग्लो शरिर लिएर घर फर्कन पाईनन् । दुई छोरा मध्ये एक छोरालाई बाटोमा गुमाईन भने एक छोरा र आफु घाईते शरिर लिएर घर आउन बाध्य भईन् ।

तिजको रमाईलो सकेर माईतबाट घर फर्केकी स्वेता लु १ ज ३८४१ नम्वरको जिपले सबै सपना उडाईदिएको छ । उनले जिवनकालमा यस्तो भोगाई हुन्छ भन्ने कल्पना समेत गरेकी थिइन् । पाल्पाको हुगीबाट स्याङ्जाको गल्याङ तर्फ आईरहेको जिप गल्याङ बजार नजिकै आईपुग्दा दुर्घट्ना हुन पुग्यो । दुर्घट्नामा उनले ९ महिनाको पल्सन छोरालाई घट्ना स्थलमै गुमाउन पुगिन भने ५ बर्षिय छोराको खुट्टा भाच्चियो ।

स्वेताको भने कम्मर देखि तलको भाग चल्नै नसक्ने गरी चोट लाग्यो । छोरा र उनको उपचार पोखरा स्थित हरिया खर्कमा भयो । तर स्वेताको कम्मर देखि तलको भाग कहिल्यै निको नहुने गरी घर फर्कन बाध्य भइन् । बुढेसकालका साहारा मानिएकी बुहारीको यस्तो अवस्था देख्दा उनीकी सासु भीमा कुमारी चिन्तित् छन् । बुहारीको त्यस्तो अवस्था र नातीको खुट्टा अहलिे सम्म निको भएको छैन उनले रुदै भनिन् । छोराले कमाएको सबै रकम बुहारी र नातीकै उपचारमा सकिएको छ । अहिले सम्म यो परियार परिवारले १४ लाख जति रकम उपचारमा खर्च गरेका छन् ।

कुनै समितिमा संलग्न र विमा समेत नगरेको जिपले कुनै उपचार खर्च व्यहोर्न नसक्दा योे परिवारको न पैसा र यो, न शरिर ठिक भयो । पटक पटक वडा प्रहरी र जिल्ला प्रशासन पुगे पनि हुनै राहत नमिलेको उनका ससुरा नुनलाल परियारले बताए । अहिले दैनिक बुहारीलाई शौचालय देखि खानपानमा उनका सासु ससुरा खट्ने गरेका छन् । दैनिक ज्याला मजदुरी गरेर परिवार पाल्ने यो दम्पतीलाई बुहारीको स्याहार सुसार गर्दैमा दिन वित्ने गरेको छ ।

स्वेताका श्रीमान अहिले कोरिया छन् । उनकै कमाईले घर परिवार धान्दै आएपनि स्वेताको दुर्घट्नाका कारण सबै पैसा उपचारमा खर्च हुने गरेको छ । अहिले सम्म त श्रीमानले माया गर्नुभएकै छ स्वेताले आखाँभरी आशु झार्दै भनिन्,“ सधै विस्तारामा रहिरहदा श्रीमानको पनि माया कस्तो हुने हो ।” बाचेको छोराको पढाई लेखाईमा सरकारले हेरिदिए हुन्थ्यो उनले भनिन् । आउने दिनलाई कसरी विताउने भन्ने मात्रै उनको चिन्ता छ ।

अहिले सम्म उनलाई सासु ससुराले माया गरिरहेको सम्झदै उनी रुदै भन्छिन् मेरो कतिन्जेल स्याहार सुसार गर्नुहोला र । अलि अलि हिड्न् सक्ने हुन पाए हुन्थ्यो उनको मनमा खेली रहेने विषय भएको बताईन् । श्रीमानले कमाएको रकमले राम्रो घर बनाउने, मिठो खाने, छोराछोरीलाई राम्रो विद्यालय पढाउने रहर आज सपना मात्रै भयो भन्दै उनी रुदै त्यो दुर्घट्ना सम्झीरहन्छीन् । उनको त्यो दिन सधैका लागि माईत जाने बाटो समेत बन्द भएको छ । ओछ्यानबाटै जिवनको न्याय सरकारले दिलाउने विश्वासमा स्वेता छन् ।

त्यो घट्नामा बालक सहित ३ जनाको मृत्यु भएको थियो भने ३१ जना घाईते भएका थिए । अन्य घाईते भने स्वेता भन्दा कम रहेको बताइएको छ । दुर्घट्नामा संलग्न चालक उमेर नपुगेका कारण अहिले बालसुधार केन्द्रमा राखिएको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ । सवारी मालिक भने धरौटीमा रिहा भएका छन् । धरौटीमा रिहा भएपनि सवारी मालिकको सम्पतीका नाममा जिप मात्रै रहेको छ । विमित जिप नभएकाले यो दुर्घट्नामा परेका कसैले पनि उपचार खर्च पाउन सकेका छैन् । यस्ता यात्रुबहाक प्रति पनि प्रशासन चनाखो हुनुपर्छ ।

भाग्यले ठगेको जिवन :

दुर्घट्नामा घाईते भएकी बुहारीको औषधी लगाएर खुट्टामा मालिस गर्दै स्वेता परियारकी सासु भीमा कुमारी । उनको कम्मर देखी मुनीको भाग चल्नै नसक्ने अवस्थामा रहेको छ । तस्विर : श्रीकृष्ण सिग्देल/ स्याङ्जा

 

The post दुर्घट्नाले उडायो सबै सपना : ओछ्यानबाट साहारा खोज्दै स्वेता appeared first on Rajdhani Daily News.

कम्पनी परिवर्तन गर्न पाउने बारे साउदी सरकारको नयाँ नियम

Previous articleकोरोना भाइरसको असर राजश्व संकलनमा पनि
Next article१ लाख२० हजार भन्दाबढी बालबालिकाहरुलाई दादुराको खोप
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।