Home Uncategorized १ लाख२० हजार भन्दाबढी बालबालिकाहरुलाई दादुराको खोप

१ लाख२० हजार भन्दाबढी बालबालिकाहरुलाई दादुराको खोप

 

रौतहट। रौतहटका १८ वटा स्थानिय तहका करिब १ लाख २० हजार भन्दा बढी बालबालिकाहरुले दादुरा रुबेलाको खोप लगाएका छन । रौतहटका १८ वटै स्थानिय तहका ९ महिना देखी ५ बर्ष मुनीका करिब १ लाख बिस हजार भन्दा बढी बालबालिकाहरुलाइ दादुरा रुबेलाको खोप लगाइएको स्वास्थ्य कार्यालय रौतहटका खोप अधिकृत अनिल कर्णले जानकारी दिएका छन ।

पहिलो चरण अन्तर्गत फागुण १ गतले देखी ९ गते सम्म २ गाउँपालिका र ८ नगरपालिका सहित १० वटा स्थानीय तहमा अभियान चलाइएको खोप अधिकृत कर्णले बताए ।

जस अनुसार दुर्गा भगबती र यमुनामाइ गाउँपालिका,राजदेबी,कटहरिया,देबाही गुनाही,बृन्दावन,गुजरा लगायत नगरपालिकामा पहिलो चरणमा खोप लगाइएको थियो । त्यसैगरी दोश्रो चरणमा ८ वटा नगरपालिकाहरुमा अभियान चलाइएको उनले जानकारी दिए । दोश्रो चरण अन्तर्गत गत फागुण १५ गते देखी २३ सम्म चन्द्रपुर,गौर,इशनाथ,बौधीमाइ,मौलापुर,गडीमाइ,फतुवा बिजयपुर लगायत नगरपालिकामा अभियान चलाइएको खोप अधिकृत कर्णले बताए ।

स्वास्थ्य कार्यालय रौतहटले १ लाख २९ हजार ५ सय ५१ वालबालिकाहरुलाई खोप लगाउने लक्ष्यका साथ काम गरेको खोप अधिकृत कर्णले जानकारी दिएका छन ।

सबैै बालबालिका ९ र १५ महिना गरी दाुदरा–रुबेलाको गुणस्तरीय खोपको दुई मात्रा दिएमा यो रोग पूर्णरुपमा नियन्त्रण र निवारण गर्न सकिने कर्णको भनाइ रहेको थियो । नेपाल सरकारले पनि सोहि अनुसार सन् २०२३ सम्ममा दादुरा र रुबेला रोग निवारण गरी सबै बालबालिकाको स्वास्थ्य रक्षा गर्ने लक्ष्य अनुसार रौतहटको हरेक खोप केन्द्रमा खोप लगाउने अभियान चलाइएको स्वास्थ्य कार्यालय रौतहटका प्रमुख महेश साहले बताए ।

नियमित खोप तथा अभियानहरुमा बालबालिकालाई दादुरा–रुबेला खोप दिईएको कारण हाल नेपालमा विगतमा भन्दा दादुरा रुबेलाको रोगीहरुको दर ९५ प्रतिशत ले घटेको स्वास्थ्य अधिकृत साहको दाबी छ ।
अभियान चलाउनु पहिला स्वास्थ्य कार्यालयले संचारकर्मी,जनप्रतिनिधि,गैर सरकारी संस्था,कर्मचारी लगायतहरुसंग अन्तरक्रिया गरेको स्वास्थ्य अधिकृत साहले बताए ।

The post १ लाख२० हजार भन्दाबढी बालबालिकाहरुलाई दादुराको खोप appeared first on Rajdhani Daily News.

साउदीमा २६ नोभेम्बरमा पासपोर्ट रिन्युको लागी घुम्ती शिविर हुँदै, तर पहिला अनलाईन फारम भर्न पर्ने

Previous articleदुर्घट्नाले उडायो सबै सपना : ओछ्यानबाट साहारा खोज्दै स्वेता
Next articleएकैदिन दुई कृति विमोचन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।