दश दिनदेखि हराईरहेका कृष्णबहादुरको शव शक्तिखोर जंगलमा भेटियो

सांकेतिक तस्विर

चितवन, साउन ७– चितवनको कालिका नगरपालिका–९ स्थित शक्तिखोर जंगलमा एक पुरुषको शव फेला परेको छ। राप्ती नगरपालिका–११ का ५७ वर्षीय कृष्ण बहादुर प्रजा मृत अवस्थामा फेला परेको चितवन प्रहरीले जानकारी दिएको छ।

गत असार २८ गते शक्तिखोर बस्ने आफ्नी छोरीलाई भेट्न भन्दै घरबाट निस्किएका प्रजा त्यसपछि सम्पर्कविहीन भएका थिए। उनी हराएको भन्दै असार ३१ गते उनका आफन्तले जुटपानी प्रहरी चौकीमा उजुरी दिएका थिए।

बेपत्ता भएको करिब एक साता बितिसकेपछि खोजी गर्ने क्रममा शक्तिखोर जंगलमा सडेको अवस्थामा प्रजाको शव फेला परेको हो। मृतकले लगाएको कपडाबाट पहिचान खुलेपछि उनका आफन्तले शवको सनाखत गरेका थिए।

घटनाको जानकारी पाएपछि जुटपानी प्रहरी चौकीबाट प्रहरी नायब निरीक्षक यमप्रसाद सापकोटाको कमाण्डमा टोली खटिएको थियो। शव फेला परेको स्थान प्रहरी चौकीबाट करिब १९ किलोमिटर उत्तरतर्फ पर्छ। स्थानीय जनप्रतिनिधिको रोहबरमा शवलाई थप अनुसन्धान तथा पोस्टमार्टमका लागि भरतपुर अस्पताल पठाइएको प्रहरी स्रोतले जनाएको छ।

Previous articleचितवनको खैरहनीमा सवारी दुर्घटनामा एकजनाको ज्यान गयो
Next articleरत्ननगरको शान्तिचोकमा भएको दुर्घटनामा कालिकाका कँडेलको ज्यान गयो।
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।