चितवनको खैरहनीमा सवारी दुर्घटनामा एकजनाको ज्यान गयो

Click Image

चितवन, साउन ६ । चितवनको खैरहनीमा सवारी साधनको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका– ११ का ३१ वर्षीय राम अवतार रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार सोमबार राति झन्डै सवा ८ बजेको समयमा खैरहनी नगरपालिका– १ शाहीचोकमा ना३च ६६१० नम्बरको बलेरोले पैदलयात्री अवतारलाई ठक्कर दिएको थियो ।

बोलेरोको ठक्करबाट गम्भीर घाइते उनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा राति नै मृत्यु भएको हो । ठक्कर दिने बोलेरो र चालकलाई प्रहरीको नियन्त्रणमा लिएको छ ।

Previous articleक्यानडाको ब्राम्पटनमा मेयर विनोद रेग्मीको उच्चस्तरीय भेटवार्ता, भगिनी सम्बन्ध स्थापना गर्न छलफल
Next articleदश दिनदेखि हराईरहेका कृष्णबहादुरको शव शक्तिखोर जंगलमा भेटियो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।