एकैदिन दुई कृति विमोचन

जुम्ला। जुम्लामा एकैदिन दुईवटा कृति बिमोचन गरिएको छ । शुक्रबार एक कार्यक्रमका बीच यहाँका दुई अग्रज स्रष्टाहरुद्धारा लिखित कृति विमोचन गरिएको हो । निजामती सेवामा रहेको कर्मचारी, लेखक खडानन्द चौलागाईद्धारा लिखित कविता संग्रह ‘अनियन्त्रित मनका बरालिएका सपनाहरु’ र पूर्वपत्रकार तथा लेखक पुरिचन्द्र देवकोटा लिखित संकलन संग्रह ‘साहित्यिक यात्रा २०७६’ को विमोचन गरिएको हो ।

उद्योग वाणिज्य संघको सभाहलमा एक कार्यक्रमका बीच कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी, पूर्व राज्यमन्त्रीद्धय बल बहादुर महत र गोमा कुँवर लगायतले संयुक्त रुपमा कृति विमोचन गरे । उक्त अवसरमा बोल्दै मन्त्री भण्डारीले दुवैजनाको जिल्लाको साहित्यको क्षेत्रमा विषेश योगदान रहेको बताए ।

साहित्य समाजको ऐना भएको बताउँदै उनले साहित्यको माध्यमबाट समाज जागरणमा निकै ठूलो भूमिका रहने बताए । हाल चन्दननाथ नगरपालिका अन्तर्गत शिक्षा शाखामा कार्यरत चौलागाईको यो पाँचौ कृति कृति हो । यस अघि उनका कर्णालीको परिचय– २०६१,कर्णाली निबन्ध संग्रह –२०६५,मझेरीबाट हेर्दा कर्णाली–२०७४ र कर्णालीका आहान तथा उखान संग्रह– २०७५ प्रकाशित छन् ।

देवकोटाको यो तेस्रो कृति हो । यसअघि देवकोटाका कर्णाली दर्पण – २०७३ र रारा भ्रमण पदप्रदर्शक – २०७५ प्रकाशित छन् । विमोचन कार्यक्रममा बोल्दै चौलागाईले कर्णाली साहित्यको खानी नै भएको भन्दै यहाँ रहेका विविध पक्षमा रहेर आफूले लेख्दै आएको बताए ।

उनका अनुसार साहित्यको माध्यमबाट समाज विकासमा निकै टेवा पु¥याउन सकिन्छ । पहिल्लो पूस्ता साहित्य खोज र अनुसन्धानमा लाग्नु पर्ने उनको भनाई थियो । देवकोटाले पनि आफूले विगतमा सरकारी तथा क्रियाशिल पत्रकारिताबाट समाजलाई दिन नसकेका कुरा साहित्यको माध्यमबाट योगदान गर्न सकिन्छ भनेर लागि परेको बताए । उक्र कार्यक्रममा जिल्लास्थित साहित्यमा रुचि राख्ने साहित्यानुरानी, स्रष्टा र लेखकहरुको स्रष्टाहरुको सहभागिता रहेको थियो ।

The post एकैदिन दुई कृति विमोचन appeared first on Rajdhani Daily News.

साउदीमा विदेशी कामदारले एक वर्षभित्रै रोजगारदाता परिवर्तन गर्न पाउने

Previous article१ लाख२० हजार भन्दाबढी बालबालिकाहरुलाई दादुराको खोप
Next articleरक्सी खाने पैसा नदिँदा ससुरामाथि ज्वाइँले गरे गाेली प्रहार
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।