कालिकाको उदयपुर पार्कमा वृक्षारोपण कार्यक्रम

Click Image

चितवन, साउन १५ – कालिका नगरपालिकाको वडा नम्बर ७ मा रहेको उदयपुर पार्कमा वृक्षारोपण गरिएको छ। लक्ष्मी सनराइज बैंक, टाँडी शाखाले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत सो कार्यक्रम आयोजना गरेको हो।

उदयपुर सामुदायिक वन उपभोक्ता समितिले संरक्षण र विकास गर्दै आइरहेको सो पार्कमा बिहीबार आयोजित कार्यक्रममा ५५० भन्दा बढी विभिन्न प्रजातिका फूलफूलका विरुवा रोपिएको छ।

हरित भविष्य निर्माण र वातावरण संरक्षणको सन्देशसहित आयोजना गरिएको उक्त वृक्षारोपण कार्यक्रममा लक्ष्मी सनराइज बैंक टाँडी शाखाका प्रमुख सन्तोष कँडेल र वनका अध्यक्ष शंकर लामाले संयुक्त रूपमा वृक्षारोपण गरी कार्यक्रमको औपचारिक शुभारम्भ गरेका थिए।

सो अवसरमा संक्षिप्त मन्तव्य राख्दै अध्यक्ष लामाले, ‘ बैंकको अग्रसरतामा अहिले रोपिएका बिरुवाले भविष्यमा पार्कको सौन्दर्यता र महत्व बढाउन भूमिका खेल्ने’ भन्दै आयोजकप्रति धन्यवाद ज्ञापन गरे।

वृक्षारोपण कार्यक्रममा वन उपभोक्ता समिति सदस्यहरूका साथै बैंकका अन्य कर्मचारीहरूको समेत सक्रिय उपस्थिति रहेको थियो।

Previous articleआईजिपी थापा र मेयर रेग्मीबीच भेटवार्ता; कालिकामा ईन्पेक्टरसहितको इलाका प्रहरी कार्यालय स्थापनाको लागी छलफल
Next articleरत्ननगर–१६ मा बृहत् तिज गीत प्रतियोगिता हुने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।