अब रत्ननगरमै चार वर्षीय बिबिए कार्यक्रम सुरु हुँदै, एक करोड छात्रवृत्तिको घोषणा

Click Image

रत्ननगर । रत्ननगर–१, निपनीमा खुलेको जिएसटी कलेजले नयाँ शैक्षिक सत्रका लागि चार वर्षीय बिबिए कार्यक्रम सुरू गरेको छ ।

क्याम्पस प्रमुख राजकुमार दाहालले यो कलेज पूर्वी चितवनमा बिबिए कार्यक्रम सञ्चालन गर्ने पहिलो शैक्षिक संस्था भएको बताए । शिक्षामा उत्कृष्टता, व्यावसायिक दक्षता र रोजगारीको अवसरलाई जोड दिँदै जिएसटीले विद्यार्थीहरुलाई विश्वस्तरीय व्यवस्थापन शिक्षाको अवसर प्रदान गर्ने लक्ष्य लिएको क्याम्पस प्रमुख दाहालले बताए ।

सुदूरपश्चिम विश्वविद्यालयबाट सम्बन्धन प्राप्त जिएसटी कलेजले व्यवसाय अध्ययनमा रूचि राख्ने विद्यार्थीहरुका लागि ६६ सिट कोटासहित बिबिए कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

कलेज उद्घाटन वर्षलाई विशेष बनाउन एक करोड रुपैयाँबराबरको छात्रवृत्ति योजना घोषणा गरिएको छ, जसले आर्थिकरुपमा कमजोर तर जेहेनदार विद्यार्थीहरुलाई उच्च शिक्षा प्राप्त गर्ने अवसर प्रदान गर्नेछ । साथै, पहिलो २० जना भर्ना हुने विद्यार्थीहरुका लागि विशेष छूटको व्यवस्था गरिएको छ, जसले सीमित स्रोत भएका विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षामा पहुँच सुनिश्चित गर्नेछ ।

क्याम्पस प्रमुख दाहालले जिएसटीले शत्प्रतिशत रोजगारीको ग्यारेन्टीसहित विद्यार्थीहरुलाई व्यावसायिक दुनियाँसँग जोड्ने प्रतिबद्धता व्यक्त गरे । ‘हामी विद्यार्थीहरुलाई किताबी ज्ञानमा मात्र सीमित राख्दैनौँ, सह–पाठ्यक्रम गतिविधिहरु र उद्योगहरुसँगको सहकार्यमार्फत उनीहरुलाई प्रतिष्ठित व्यापारिक संस्था र बहुर्राष्ट्रिय कम्पनीहरुसँग जोड्छा’ैँ, उनले भने । यसले विद्यार्थीहरुलाई सैद्धान्तिक र व्यावहारिक शिक्षाको संयोजनमार्फत बजारको मागअनुरुप प्रतिस्पर्धी र सक्षम बनाउने लक्ष्य राखेको छ ।

जिएसटी कलेजको स्थापनाले पूर्वी चितवनका युवाहरुलाई स्थानीयस्तरमै विश्वस्तरीय व्यवस्थापन शिक्षा प्राप्त गर्ने अवसर सिर्जना गरेको छ । क्याम्पस प्रमुख दाहालले यो पहलले क्षेत्रीय शैक्षिक असमानता हटाउन र युवाहरुको सपना साकार पार्न मह¤वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । ‘हाम्रो लक्ष्य विद्यार्थीहरुलाई विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्षम बनाउनु हो’, उनले थपे ।

गुणस्तरीय शिक्षा, अनुभवी प्राध्यापकहरु र आधुनिक शिक्षण विधिमार्फत जिएसटी कलेजले विद्यार्थीहरुलाई सशक्त बनाउने योजना बनाएको छ । भर्ना प्रक्रिया र अन्य विवरणका लागि कलेजले चाँडै प्रवेश परीक्षाको मिति सार्वजनिक गर्ने जनाएको छ । यो कलेज पूर्वी चितवनको रत्ननगरमा स्थापना हुनुले शैक्षिक क्षेत्रमा नयाँ उत्साह थप्दै व्यवसाय अध्ययनमा रूचि राख्ने युवाहरुका लागि अन्यत्र जानुपर्ने बाध्यता हटेको छ ।

Previous articleकालिकामा मनसुनपूर्व विपद् व्यवस्थापन सचेतना कार्यक्रम
Next articleइच्छाकामनाबाट एसइइ दिने सबैलाई एक्सपर्टको क्याल्कुलेटर
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।