कोरोना संक्रमितको संख्या लाख नाघ्यो, साढे ५५ हजार बिरामी निको भए

कोरोना भाइरस (कोभिड-१९०) बाट संक्रमित हुनेको संख्या लाख नाघेको छ। चीनमा साढे ५५ हजार संक्रमित भने उपचारपछि स्वस्थ भएका छन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार शनिबार बिहानसम्म उक्त भाइरसबाट संक्रमित हुनेको संख्या १ लाख २ हजार २ सय २४ पुगेको हो।

चीन (उहान सहर)बाट सुरु भएको यो संक्रमण अहिले संसारका ९७ देशमा फैलिसकेको छ।

यसैगरी कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या संख्या ३ हजार ४ सय ९५ पुगेको छ।

तीमध्ये चीनका मात्रै ३ हजार ७० जना रहेको त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगले जानकारी दिएको छ।

उसका अनुसार शनिबार बिहानसम्म चीनमा कोरोना संक्रमितको संख्या ८० हजार ६ सय ५१ पुगेको छ।

तीमध्ये ५५ हजार ४ सय ४ जना बिरामी उपचारपछि स्वस्थ भएका छन्। यस्तै ५ हजार ४ सय ८९ बिरामी भने गम्भीर अवस्थामा छन्।

चीनमा पछिल्लो समय कोभिड-१९ को संक्रमण घटिरहेको छ । स्वास्थ्य आयोगले दिएको जानकारीअनुसार शुक्रबार चीनमा थप ९९ जनामा संक्रमण देखिएको छ । त्यस्तै शुक्रबार २८ जनाको मृत्यु भएको छ ।

चीनमा संक्रमणको दर घट्दै गए पनि इटाली, इरान र दक्षिण कोरियामा भने तीव्र रुपमा बढिरहेको छ ।चीनबाहिर सबैभन्दा बढी इटालीमा १९७ जनाको मृत्यु भएको छ।

शनिबार बिहानसम्म इटालीमा ४ हजार ६ सय ३६ जनामा संक्रमण देखिएको छ।

त्यस्तै इरानमा १२४ जनाको मृत्यु र ४ हजार ७ सय ४७ मा संक्रमण देखिएको छ ।

चीनपछि सबैभन्दा बढी व्यक्तिमा संक्रमणचाहिँ दक्षिण कोरियामा देखिएको छ।

शनिबार बिहानसम्म दक्षिण कोरियामा ६ हजार ७ सय ६७ जनामा संक्रमण देखिएको छ भने ४४ जनाको मृत्यु भएको छ ।

अमेरिकामा पनि कोभिड-१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ।

त्यसमध्ये १४ जनाको मृत्यु वासिङ्टन र एक जनाको क्यालिफोर्निया राज्यमा भएको हो। अमेरिकामा संक्रमितको संख्या ३ सय २१ पुगेको छ।

त्यस्तै जापानमा १२ जनाको मृत्यु र एक हजार एक सय १६ जनामा संक्रमण देखिएको छ ।

कोभिड–१९ को संक्रमणबाट स्पेनमा ८, इराकमा ४, हङकङ र बेलायतमा २/२ तथा थाइल्यान्ड, ताइवान, नेदरल्यान्ड्स, सान मारिनो, फिलिपिन्स र स्विजरल्यान्डमा एक/एक जनाको मृत्यु भएको छ ।

 

मुख्यमन्त्री राई भन्छन् ‘म रचना रिमाललाई वान साइड लभ गर्छु’

Previous articleसातदोबाटोमा उभिएकी महिलालाई कारमा लगेर एकाबिहानै बलात्कार
Next articleसुदूर पहाडमा पाँचौँपटक हिमपात, जयपृथ्वी राजमार्ग अवरुद्ध
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।