मुख्यमन्त्री राई भन्छन् ‘म रचना रिमाललाई वान साइड लभ गर्छु’

काठमाडौं । प्रदेश १ मुख्यमन्त्री राजेन्द्रकुमार राईले गायिका रचना रिमाललाई ‘वान साइड लभ’ गरेको बताएर आफू नेपाली गीत/संगीतलाई माया गर्ने व्यक्ति रहेको जानकारी दिएका छन् ।

झापाको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा इन्ट्रा नेशनल वेल्फेर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले ज्येष्ठ नागरिकका लागि निर्माण गरेको डे केयर भवनको उद्घाटन तथा सांस्कृतिक कार्यक्रममा शनिबार मुख्यमन्त्री राईले गायिका रचनाको गायिकी क्षमता र वाक् शैलीप्रति आफू वान साइड लभमा परेको बताएका हुन् ।

‘झापाकी गायिका रचना रिमालप्रति म वान साइड लभमा छु’, उनले भने, ‘उनको गायिकी क्षमताको प्रेममा परेको हुँ ।’ रचनाको जवाफ दिने शैलीको तारिफ गर्दै मुख्यमन्त्री राईले भने, ’अन्तर्वार्ता लिँदा तपाईं कसलाई मन पराउनु हुन्छ भनेर सोध्दा रचनाले म तपाईंलाई मन पराउँछु भनेर जबाफ दिन्छिन् ।’

न्युज कारखानाले लेखेको यस समाचारमा मुख्यमन्त्री राईले नेपाली गीतसंगीतप्रति चासो र चिन्ता प्रकट गर्दै विभिन्न कलाकारको क्षमताबारे पनि क्रमश सुनाए। गायक प्रेमराजा महतले ‘पानको पात’ बोलको गीत गाउँदा नायिका रिमालसहित गायक प्रमोद खरेल, नायिकाद्वय केकी अधिकारी र वर्षा राउत, शंकर विसीलगायत कलाकारसँग मुख्यमन्त्री राई नाचेका थिए ।

https://ujyaalonepalnews.com/archives/16452

Previous articleयूएई श्रम कानुन : निजी क्षेत्रमा काम गर्ने श्रमिकको ‘वर्किङ आवर’ कति ‘ब्रेक कति’ ?
Next articleविदेशमा नेपालीका यौ’न धन्दा, यसरी हुन्छ बार्गेनिंग ( अडियो सुन्नुहोस्)
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।