
पीएसजीले एक विज्ञप्ती निकाल्दै भनेको छ,‘कोरोना प्रकोपपछि शनिबार हुने भनिएको खेल स्थगित गर्न निर्देशन आएको छ।’
फ्रान्सेली प्रधानमन्त्री इडोवार्ड फिलिपेले सबै शैक्षिक संस्था दुईहप्ता बन्द गर्ने घोषणा गरेका छन्।
विश्व स्वास्थ्य संगठनले भीड र समूह नबनाउन आग्रह गरेपछि शैक्षिक संस्था, कार्यालय तथा खेलकुद गतिविधि विश्वभर प्रभावित बनेका छन्।
यसअघि इटालिएन सिरि ए फुटबलका खेलहरु पनि कोरोनाको त्रासपछि स्थागित गरिएका थिए।
हालसम्म फ्रान्समा ४२३ कोरोना संक्रमित पुष्टि भएका छन्। त्यहाँ ७ जनाको मृत्यु भइसकेको छ। एजेन्सी
नेपाल र कतारबीच श्रम सम्झौता पुनरावलोकन हुने: कामदारको सेवासुविधा बढ्न सक्ने


