बैतडीमा बिहानै दुई जना मृत भेटिए

बैतडी । बैतडीको मेलौली नगरपालिकाका कार्यालय सहयोगी शुक्रराज भट्ट मृत फेला परेका छन् । मेलौली नगरपालिका ६ हतरंगा निवासी ४४ बर्षीय भट्ट शिवनाथ गाउँपालिका ३ साउगाडामा आज बिहान मृत फेला परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृतक भट्टले शुक्रबार मदिरा सेवन गरेको बुझिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए ।

यस्तै दार्चुलाको शैल्यशिखर नगरपालिका २ का ५६ बर्षीय मीनबहादुर पाल पनि आज बिहान मृत फेला परेका छन् । बैतडीको डिलाशैनी गाउँपालिका ३ बगडीमा सडक छेउमा पाल मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।

पालको मदिरा सेवनबाट ज्यान गएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । मृतक दुवैको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल बैतडी ल्याउन लागिएको प्रहरी नायव उपरीक्षक पाण्डेयले जानकारी दिए ।

The post बैतडीमा बिहानै दुई जना मृत भेटिए appeared first on Rajdhani Daily News.

दुबई उड्न प्लेन चढेका ७६ जनालाई विमान बाट झारेर घर पठाईयो

Previous articleनयाँ ट्रेकिङ ट्रेल ‘फिकुरी डाँडा’ : लाङटाङ, गोसाईकुण्ड, मनास्लु, अन्नपूर्णलगाएतको दृश्यावलोकन गर्न सकिने
Next articleसुदूपश्चिमका उच्च लेकाली भेगमा हिमपात
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।