विप्लव समूहका विद्यार्थी नेता पक्राउ

0
52

भोजपुर । भोजपुरबाट नेत्रविक्रम चन्द विप्लव समूहका विद्यार्थी नेता पक्राउ परेका छन् । प्रहरीले विप्लव समूह निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन(क्रान्तिकारी) भोजपुर जिल्ला समिति सदस्य आत्मा राईलाई पक्राउ गरेको हो ।

राईलाई आज (शनिबार) भोजपुरको पौवादुङमा गाउँपालिका –१ श्यामशिलाको एलम्बर चोकमा रहेको एक होटलबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख प्रहरी नायब उपरीक्षक नरबहादुर सलामी मगरले जानकारी दिए ।

राईको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । राईलाई सो स्थानमा लुकीछिपीको बसेको भन्ने सूचनाको आधारमा गएको प्रहरीले नियन्त्रणमा लिन सफल भएको हो । प्रहरीले केहि दिन अगाडी विप्लव समूहका जिल्ला सदस्य सुमित परियारलाई भोजपुरको कोटबाट नियन्त्रणमा लिएको थियो ।

The post विप्लव समूहका विद्यार्थी नेता पक्राउ appeared first on Rajdhani Daily News.

भद्रकाली मा. वि मा भु.पु विद्धार्थीहरुको भेला, एलिन गुरुङको अध्यक्षतामा ११ सदस्यिय तदर्थ समिति गठन

Previous articleविद्यार्थीलाई हात चिर्न लगाउने शिक्षिका प्रहरी नियन्त्रणमा
Next articleउच्च इरानी कमाण्डर सिरियाको राजधानीमा मारिए