Home Uncategorized कोरोना भाइरस रोकथाम तथा नियन्त्रणबारे सशस्त्र प्रहरीले थाल्यो सचेतना कार्यक्रम

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणबारे सशस्त्र प्रहरीले थाल्यो सचेतना कार्यक्रम

विराटनगर । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण हे.क्वा.कंकालिनी मोरङ्गले विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटल टंकीसिनुवारी मोरङ्गको सहकार्यमा कोभिड १९ (नोभल कोरोना भाइरस) रोकथाम तथा नियन्त्रणसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

मोरङ्ग जिल्लाका १५ स्थानका विभिन्न सामुदायिक विद्यालय तथा समुदायमा सचेतना कार्यक्रम आयोजना गरिएको हो ।

सचेतना कार्यक्रममा सो गणको इलाकाभित्र पर्ने विशेष गरी नेपाल भारत सीमा इलाकामा कोरोना भाइरसबारेमा जानकारी दिन, नोभल कोरोना भाइरसका लक्षण, नोभल भाइरस सर्ने कारण र बच्ने उपायसम्बन्धी जानकारी गराइएको थियो । कार्यक्रममा विराट मेडिकल कलेजका प्रशिक्षक, योग्य मेडिकल चिकित्सासम्बन्धी ९ जना विज्ञले कक्षा सञ्चालन गरेका थिए ।

 

जिल्लाका रानी, दरैया, स्लामपुर, तारिगामा, डुमरिया, नोचा, खैरवना, मायागंज, रंगेली, चोप्राहा, सिक्टी, चुनीमारीलगायतका स्थानमा यो कार्यक्रम सञ्चालन गरिएको गणका गणपति ने त्रबहादुर कार्कीले जानकारी दिए ।
सचेतनामूलक कार्यक्रममा विद्यार्थी तथा अभिभावक, सशस्त्र प्रहरी, जनप्रतिनिधि, स्थानीय, व्यापारी, पत्रकार लगायत सयौंको उपस्थिति रहेको थियो ।

सशस्त्र प्रहरी बल नेपाल नं. ३ गण हे.क्वा.कंकालिनी मोरङ्गले सशस्त्र प्रहरी बल नेपाल र स्थानीय जनताबीचको सम्बन्धलाई सुमधुर बनाउने उद्धेश्यले यस्ता सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

उता, विराट व्यापार संघले आयोजना गरेको होली मिलन समारोहमा कोरोना भाइरससम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. ३ गण हे.क्वा.कंकालिनी मोरङ्गले विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटल टंकीसिनुवारी मोरङ्गको सहकार्यमा विराट व्यापार संघले यो कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीका साथै जनप्रतिनिधिहरु, जिल्ला सुरक्षा समिति मोरड्गका पदाधिकारीहरु, व्यापारी, स्थानीय भद्रभलाद्मी, पत्रकारहरु गरी सयौंको उपस्थिति रहेको थियो ।

The post कोरोना भाइरस रोकथाम तथा नियन्त्रणबारे सशस्त्र प्रहरीले थाल्यो सचेतना कार्यक्रम appeared first on Rajdhani Daily News.

कारबाहीमा परेका क्रिकेट खेलाडीको आग्रह- निर्णय पुनर्विचार गरियोस्

Previous articleझापामा जग्गा अतिक्रमण गरेर बसेका ४२ परिवारलाई सशस्त्रले हटायो
Next article११० औं अन्तर्राष्ट्रिय महिला दिवस : ‘महिलाको अवस्था अझै सन्तोषजनक छैन’
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।