चुरे मकवानपुर। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालय हेटौंडाले ११० औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा शुभकामना दिएको छ ।
इन्सेक बागमती प्रदेश संयोजक कृष्ण गौतमले दिवसको अघिल्लो दिन प्रेस विज्ञप्ति प्रकाशन गर्दै महिला अधिकार, महिला सशक्तीकरण, लैंगिक समानता, लैंगिकविभेद तथा हिंसा उन्मूलनमा नयाँ आयम थपोस् भन्दै शुभकामना दिएको दिएका हुन् ।
विश्व परिवेशमा एक शताब्दीभन्दा बढी समयदेखि मनाईंदै आएको महिलादिवस नेपालमा पनि मनाउन थालेको तीन दशक भएको छ । यद्यपि महिला समानताको लागि भएको प्रयासहरुको तुलनामा उपलब्धी सन्तोषजनक हुननसकेको विज्ञप्तिमा उल्लेख गरिएको छ । यस अवधिमा समावेशी सिद्धान्तमा महिला सहभागीता बढाउनु बाहेक पुरुष समानअधिकार र उत्तरदायित्व बहनगर्न महिलालाई सक्षम बनाउन नसकिएको विज्ञप्तिमा भनिएको छ ।
नेपाल लगायत विश्वभर अन्तर्राष्ट्रिय महिला दिवस मनाउन लागेको छ । “समानताको पुस्ताःअन्त्य गरौँ हिंसा, विभेद र असमानता”भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो । मानवअधिकारको क्षेत्रमा सक्रिय संस्था इन्सेकले महिलाअधिकार उल्लङ्घनका घटनाहरुको अभिलेख राख्दै आएको छ ।
इन्सेकले २०१९ मा संकलन गरेको घटनाहरु नेपाल मानवअधिकार वर्ष पुस्तक २०२० मार्फत सार्वजनिक गरेको अभिलेख अनुसार बागमती प्रदेशमा सन् २०१९ मा भएका मानवअधिकार उल्लङ्घन तथा ज्यादतीका घटनको कुल पीडीत मध्ये ७९ प्रतिशत पीडित महिलाहरु नै हुने गरेको उल्लेख छ ।
यो वर्ष १ हजार ४ सय ९४ जना पीडित भएकोमा १ हजार १ सय ८४ जना महिलाहरु पीडितभएका छन् । जसमध्ये राज्यपक्षबाट १४ जना महिला र अन्य पक्षबाट १ हजार १ एक ७० जना महिला पीडित भएका हुन् । सन् २०१९ मा ८ सय १४ जना महिला पीडित भएकोमा महिला अधिकारको घटनाबाट ७ सय ४७ जना र बालअधिकार उल्लङ्घनका घटनामा ३ सय ७० जना बालिकाहरु पीडित भएका थिए ।
प्रदेशको १३ जिल्लामा बलात्कारका ३ सय ८६ वटा घटना अभिलेखमा २ सय ५३ जना बालिका र १ सय ३३ जना महिला पीडित भएका थिए। यसै बीच मार्च ८, मा परेको अन्तराष्ट्रिय महिला दिवसमा आयोजना गर्ने तयारी भएको कार्यक्रमहरु मकवानपुरमा स्थागित भएको छ ।
कोरोना भाइरस संक्रमण हुन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले भेला, सभासमारोह हुने कार्यक्रमहरु नगर्न भनेपछि जिल्लाको सबैजसो स्थानीय निकायहरुले मनाउने तयारी गरेको मार्च ८ को कार्यक्रम स्थागित गरिएको जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख भगवति पुडासैनीले बताइन् । अखिल नेपाल महिला संघ मकवानपुरले आयोजना गर्ने तयारी गरेको कार्यक्रम पनि स्थागित भएको छ ।

The post ११० औं अन्तर्राष्ट्रिय महिला दिवस : ‘महिलाको अवस्था अझै सन्तोषजनक छैन’ appeared first on Rajdhani Daily News.
नेपाल सरकारले रियादको केन्द्रमा किन किन्न लाग्यो ७ रोपनी जग्गा?


